ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी नदीको प्रदूषण रोक्न निकायसँग माग


bhawani desk
२२ असार २०७५, शुक्रबार   ३ : २४   बजे

 

काठमाडौं , २२ असार । मुलुककै धार्मिक तथा पर्यटकीय महत्वको नारायणी नदीमा बढ्दै गएको प्रदूषण रोक्न सरोकारवालाले सम्बन्धित निकायसँग माग गरेका छन् ।

नदी किनारमा स्थापित उद्योगबाट उत्सर्जन भएका प्रदूषित वस्तु एवं हानिकारक रसायनिक पदार्थ प्रशोधन नगरी नारायणी नदीमा विसर्जन गर्ने गरेकाले प्रदूषण बढेको सरोकारवालाहरूको आरोप छ ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गोर्खा ब्रुअरी कम्पनी प्रालिले नारायणी नदीलाई बढी प्रदूषित तुल्याएको ज्ञापनपत्रको प्रतिलिपिसहित रासस कार्यालय पुग्नुभएका सञ्चारकर्मी प्रकाश रायमाझीले बताउनुभयो ।

कम्पनीले वातावरणीय प्रभाव मूल्यांकनअनुसारको प्रदूषण नियन्त्रणको मापदण्ड पूरा नगरेको बताउँदै उहाँले नदी प्रदूषण हुँदै गएकाले मानव स्वास्थ्यमा असर परेको र नदीका जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

अनुगमन गरी प्रदूषण गर्ने उद्योगलाई कारवाही गर्न माग गर्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको गैँडाकोट नगरपालिका–७ का मोहनबहादुर थापाले बताउनुभयो ।

गोर्खा ब्रुअरी कम्पनीले भने सरकारले तोकेको वातावरणीय प्रभाव मूल्याङ्कनका मापदण्ड पूरा गरेर नै उद्योग सञ्चालन गरेको दाबी गरेको छ । कम्पनीका निर्देशक प्रविण अधिकारीले उद्योगबाट निस्कने फोहर प्रशोधन गरेरमात्र नदीमा विसर्जन गर्ने गरिएकोे छ भन्नुभयो ।

कम्पनीले उद्योगबाट निस्कने प्रदूषित पानी उपचारका लागि रु आठ करोडको लगानीमा छुट्टै प्रशोधन प्लान्ट स्थापना गरेको उहाँले जानकारी दिनुभयो । उक्त कम्पनीमा हाल ४०० भन्दा बढी कामदार कार्यरत छन् ।

वातावरण विभागले केही महिनाअघिमात्र त्यस क्षेत्रका उद्योगले प्रदूषण गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको जनाएको छ । स्थलगत अनुगमनका बेला सो कम्पनीले उद्योगको फोहर प्रशोधन गरेर नदीमा विसर्जन गरेको आफूहरुले पाएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group