ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० हजार हस्तलिखित ग्रन्थ सुरक्षित


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   ८ : २९   बजे

पोखरा, २३ असार।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखलाई अध्ययन अवलोकनको थलोका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय अभिलेखालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार आयोजित तीनदिने अभिलेख महोत्सव, २०७५ को उद्घाटन गर्दै उहाँले पोखरा क्षेत्रीय सङ्ग्रहालयलाई प्रादेशिक अभिलेखालयका रुपमा तत्काल विकास गरी यस क्षेत्रमा रहेको परम्परागत दस्तावेजको संकलन गरेर प्रदर्शन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले अभिलेख राख्ने संस्कृतिले अध्ययन तथा अनुसन्धानकर्तालाई सहयोग पुग्ने बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोपोन्मुख अवस्थामा पुगेका महत्वपूर्ण अभिलेखलाई तोडमोड नगरी जस्ताको तस्तै स्वरुपमा प्रविधियुक्त बनाइनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले अभिलेखालयमा हाल ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, २० हजार अभिलेख र आठ हजार तिब्बती ग्रन्थसहित दुई लाख ग्रन्थका माइक्रोफिल्म प्रति तथा १२ हजार प्रकाशित महत्वपूर्ण पुस्तक संकलनमा रहेको जानकारी दिनुभयो । अभिलेख संरक्षणका लागि डिजिटल डकुमेन्टेशनको कार्य पनि थालनी गरिएको बताउँदै उहाँले भन्नुभयो, “यस वर्षसम्ममा छ लाख डिजिटल डमुमेन्टसलाई सुरक्षित गरिनेछ ।

सो अवसरमा राष्ट्रिय अभिलेखालयद्वारा प्रकाशित धार्मिक ग्रन्थ ‘शिवधर्मोत्तर र वास्तुशास्त्र’को विमोचन एवं तस्वीर तथा पुस्तक प्रदर्शनीको शुभारम्भ पनि गरियो । नेपाल पर्यटन बोर्डको हातामा आयोजित तस्वीर प्रदर्शनीमा ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र तथा शिलापत्रलगायत ८५ हस्तलिखित अभिलेख प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group