ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राविधिक शिक्षाको आकर्षण बढ्दै


bhawani desk
२४ असार २०७५, आइतबार   १२ : ३४   बजे

चितवन, २४ असार । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ ।

तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ थालेकामा अहिले १५ वटा कलेजले प्रमाणपत्र तहका ६० वटा र टि–एसएलसीका १६ वटा कार्यक्रम सञ्चालन गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का क्षेत्रीय प्रमुख शिवहरि ढकालका अनुसार चितवन जिल्ला र नवलपुरको गैँडाकोट गाउँपालिकाबाट गरी वर्षेनी दुई हजार ३०० भन्दा बढी विद्यार्थी प्राविधिक शिक्षाका लागि भर्ना हुने गरेका छन् ।

रिषद्ले आफ्नै आंगिक कलेज भरतपुरमा प्राविधिक शिक्षा सञ्चालन गरेको छ भने सम्बन्धन लिएर निजी क्षेत्रबाट अन्य कलेज सञ्चालनमा छन् ।  परिषद्को आंगिक कलेज स्कूल अफ हेल्थ साइन्सका प्राचार्य अच्युत दाहाल जिल्लामा स्वास्थ्य, इञ्जिनियरिङ र कृषि विषयका पढाइ हुँदै आएको छ भन्नुहुन्छ ।

कलेजमा मनाङ र पूर्वका छ जिल्लाबाहेक ६९ जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँको भनाइ छ । पढ्न चाहनेमध्ये १० प्रतिशतले मात्र आंगिक कलेजमा पढ्न पाएका छन् भने अन्य निजी कलेजमा निर्भर छन् ।

नेपाल पोलिटेक्निक इन्स्टिच्युटका प्राचार्य इ बाबुराम उपाध्याय स्थापनाको समय २०५२ साल यताका केही वर्ष विद्यार्थी खोज्दै हिँड्नुपरेको भए पनि अहिले आउनेजति सबैलाई पढाउन नपाएको बताउनुहुन्छ ।

सिटिइभिटीका १८ महिने र तीन वर्षे गरी १९ वटा कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल पोलिटेक्निकबाट सात हजार ७०० विद्यार्थी उत्तीर्ण भइसकेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “हाम्रो कलेजबाट उत्तीर्ण भएका कोही पनि बेरोजगार छैनन् ।”

श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरका कार्यकारी अध्यक्ष सरोज ढकालले नर्सिङ पढ्ने अधिकांश विद्यार्थीको गन्तव्य विदेश रहेको र अन्य विद्यार्थीले पनि सहजै रोजगार पाउने र स्वरोजगार पनि हुने भएकाले प्राबिधिक शिक्षातर्फको आकर्षण बढेको बताउनुुहुन्छ ।

फोरम फर हेल्थ साइन्सका जिल्ला अध्यक्ष ध्रुव काफ्ले माथिल्लो तहमा अध्ययन गर्न पाउने भएपछि विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि आकर्षित भएको र उत्तीर्णमध्ये ५० प्रतिशत सरकारी, ३० प्रतिशत स्वरोजगार, १०÷१० प्रतिशत गैरसरकारी संस्था र विदेश जाने गरेका छन् भन्नुहुन्छ ।

पछिल्लो समय सामुदायिक विद्यालय र कलेजले पनि प्राविधिक शिक्षा पढाउन शुरु गरेका छन् । नर्सिङ विषय पढाउँदै आउनुभएका मैयादेवी कन्या क्याम्पसका प्राचार्य कृष्ण न्यौपाने इच्छा भएका सबै विद्यार्थीले पढ्ने अवसर नपाएको बताउनुहुन्छ ।

सिटिइभिटीबाटै अध्ययन गरी आफ्नै व्यवसाय गर्दै आउनुभएका चन्द्रमणि कँडेलका अनुसार प्राविधिक विषय उत्तीर्ण भएपछि रोजगारीको समस्या नहुने हुँदा यसतर्फ आकर्षण बढेको हो ।

सरकारले प्रत्येक स्थानीय निकायमा सिटिइभिटीबाट सम्बन्धन दिई प्राविधिक शिक्षाको विस्तार गरिने जनाएको छ ।

यसैबीच प्राविधि शिक्षा विस्तार र आकर्षणका लागि सिटिइभिटी, फोरम फर हेल्थ एजुकेशन र निजी प्राविधिक महासंघले आज यहाँ संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम आयोजना ग¥यो ।

प्रभातफेरीपछि आयोजित समापन समारोहमा सिटिइभिटीका क्षेत्रीय प्रमुख ढकाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय उपाध्यक्ष उपाध्याय, सिटिइभिटी परिषद्का सदस्य भरत रेग्मी, फोरम फर हेल्थ साइन्सका अध्यक्ष ध्रुव काफ्लेलगायतले प्राविधिक शिक्षाको महत्व, यसको आकर्षणका बारेमा बोल्नुभएको थियो । मैयादेवी कन्या क्याम्पसबाट शुरु भएको प्रभातफेरी रासस कार्यालय पछाडि गेष्टहाउस चौरमा समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group