ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास बजेटमा बाबुको शालिक देखि जीउदै रहेका आफ्न्तको नाममा गेट निर्माण गर्दै जनप्रतिनिधि


एबीसी न्यूज
२४ असार २०७५, आइतबार   ५ : ०२   बजे

काठमाडौं,२४ असार ।  प्रदेश–२ को मुकाम जनकपुरदेखि १६ किलोमिटर दक्षिण मुखियापट्टी मुसहरनिया गाउपालिकाका अध्यक्ष मनोज यादवले २७ लाख रुपैया लागतमा आफ्नै वुबा भोला यादवको शालिक निर्माण गरिरहेका छन् । गाउपालिकाको बजेट बाट थलहीघाटमा बनिरहेको शालिकको निर्माण समिति अध्यक्ष पनि मनोजकै दाजु दिलिप यादव छन् ।

पञ्चायतकालमा प्रधानपन्च रहेका भोला यादवको हत्या भएको थियो । यता, वडा नम्बर २ का अध्यक्ष नरेश यादव पनि गाउपालिका अध्यक्ष भन्दा कम छैनन् । उनले १७ लाख सरकारी खर्चमै आफ्ना जिउँदा बुवाको नाममा प्रवेशद्वार बनाइरहेका छन् । त्यो पनि, वडा कार्यालय अगाडि नै ।

प्रमुख प्रशासकीय अधिकृत भने वडा स्तरिय योजना र गाउँपालिकाबोर्डले पारित गरे अनुसार नै कामभइरहेको दाबी गर्छन् । सरकारी बजेट बाट सार्वजनिक स्थलमा कुनै व्यक्ति विशेषको शालिक र प्रवेशद्वार निर्माण गर्नु स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित छ । विकासका लागि खर्च गर्नुपर्ने बजेट जनताका प्रतिनिधिले आफ्नै बुवाको नाममा शालिक र गेट बनाउन खर्च गर्नु विकास बजेटको दुरुपयोग हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu