ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कठोर मनलाई पनि दुःखाउँछ, १२ वर्षीय बालक आमाबाबुको किरियामा


bhawani desk
२६ असार २०७५, मंगलबार   १२ : २५   बजे

पोखरा, २६ असार ।  झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् ।

नाबालक छवर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । विशेषनका आफन्त एवं वरपर बस्ने छिमेकी जो कोहीलाई ती बालक देख्दा मनमा चसक्क बिझ्छ ।

विवश र उनका भाइलाई उनका बाबुआमा मौसम र जीतमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।

उनीहरू शुक्रबार लगभग अपराह्न १ः३० बजे भएको अकल्पनीय दुर्घटनाको शिकार बन्न पुगे । बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेको उनकी फुपूदिदी डिलकुमारी घर्तीले बताउनुभयो ।

“बिचरा साना छन्, १३ दिनसम्म किरियामा राख्दा आफैँ बिरामी बन्छन् कि भन्ने चिन्ता, आफ्नो घर हैन भाडाको कोठा हो” उहाँले भन्नुभयो, “नाबालक भएका कारण पनि १३ दिन गर्नुपर्ने संस्कार तीन दिनमा नै सक्ने गरी व्यवस्था मिलाएका छौँ ।”

मौसम दम्पतीको काजकिरियाको व्यवस्था शनिबार रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च रु ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिनुभयो ।

वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो । वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए ।

दुवैको मृत्युले ती शिशुको भविष्य अब के होला भन्ने कुराले आफूहरूलाई निकै चिन्तित बनाएको घरबेटी वीरबहादुर गोदारले बताउनुभयो । “१२ वर्षकै उमेरमा बाबुआमाको किरिया गर्नुपर्ने कस्तो विवशता देख्नुप¥यो,” उहाँले भन्नुभयो, “अर्को बाबु त झन् छ वर्षको छ, बिचरालाई केही थाहा छैन ।” नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाएर खाई दिउँसो स्कूल जाने गरेका थिए ।

उनीहरूका आमाबुबासहित मामा, मामाकी छोरी, काकीलगायत आठ आफन्तको सो घटनामा मृत्यु भएको थियो । नाबालकका रोल्पास्थित गाउँमा ९२ वर्षीय हजुरआमा तिरमाला घर्तीबाहेक कोही छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group