ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप : सेमीफाइनलको दोश्रो खेलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै


एबीसी न्यूज
२७ असार २०७५, बुधबार   ४ : १९   बजे
काठमाडौं, २७ असार । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा बुधबार क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने     हुँदैछन् ।
विश्वकपको सेमीफाइनलको दोश्रो खेलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । आज हुने खेलमा विजयी टिमले फाइनलमा फ्रान्सको सामना गर्ने छ भने पराजित टोलीले तेस्रो स्थानका लागि बेल्जियमको सामना गर्ने छ ।
 विश्वकपको मंगलबार भएको खेलमा फ्रान्सले बेल्जियममाथि जीत दर्ता गरे स“गै फाइनल प्रवेश गरेको छ । खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गोल गरेस“गै फ्रान्सले लिएको अग्रतालाई बेल्जियमले तोड्न सकेन । बेल्जियमले खेलमा पुनरागमनको विभिन्न प्रयासहरु गरेता पनि उसका प्रयासहरु असफल बन्न पुगे । युरोपियन लिगका प्रतिभावान खेलाडीहरु रहेको बेल्जियमले फाइनलको यात्रा तय गर्न नसकेता पनि अव तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ । अर्कोतर्फ १९९८ को विश्वकप विजेता फ्रान्स २००६ मा विश्वकपको फाइनल सम्म आइपुगेता पनि उपाधी कब्जा गर्न असफल रहेको थियो । हालको रसिया विश्वकपमा फाइनलको यात्रा तय गरिसकेको फ्रान्स दोस्र्रो पटक विश्वकप विजेता बन्ने होडमा छ ।
आज हुने सेमीफाइनल खेलमा सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्डले उत्कृष्ट मिड्फिल्ड भएको क्रोएसियाको सामना गर्ने छ । आज राति ११ः४५ बजे हुने खेल इङ्ल्याण्डको लागि ५२ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गर्ने मौका हो भने क्रोएसियाका लागि कु्नै पनि ठूलो अन्तराष्र्टिय प्रतियोगितामा फाइनल प्रवेशको मौका हो । इङल्याण्डका कप्तान ह्यारी केन जारी विश्वकपको सर्वाधिक गोलकर्ताको रुपमा ६ गोल गर्दै सबै भन्दा अगाडी रहेका छन् ।
२४ वर्षीय केनले सेमीफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । इङल्याण्डबाट अन्य खेलाडीहरु जोन्स स्टोन तथा डेले अली ले पनि महत्वपुर्ण प्रदर्शन गर्ने अनुमान लगाउन सकिन्छ ।
अर्कोतर्फ आजको सेमीफाइनलमा क्रोएसियाका लागि लुका मर्डिक महत्वपुर्ण बन्न सक्छन् । क्रोएसियाका कप्तान समेत रहेका मोर्डिकले जारी विश्वकपमा २ गोल गरिसकेका छन् । ३२ वर्षीय मोर्डिकले मिडफिल्डरका रुपमा जारी विश्वकपमा समूह चरणबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । क्रोएसियाबाट इभान राकेटिक, म्यान्ज्युकिज लगायतका खेलाडीहरुको प्रदर्शन पनि पनि महत्वपुर्ण हुने छ । त्यस्तै, क्रोएसियाका गोलकिपर सुवासिकले पनि सुरुवाति खेलहरुबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
इङ्ल्याण्ड र क्रोएसिया हाल सम्म ७ पटक आमनेसामने भएका छन् जसमा इङ्ल्याण्ड ४ खेलमा विजयी भएको छ भने क्रोएसियाले २ जीत हात पारेको छ । त्यस्तै, एक खेल बराबरीमा टुङ्गिएको छ । जारी विश्वकपमा धेरै जसो नतीजाहरु अप्रत्यासित आउदै गर्दा फाइनलको यात्रा यही टिमले  तय गर्छ भन्ने अवस्था छैन । तसर्थ, फाइनलमा कसले फ्रान्सको सामना गर्ने हो, त्यो भने भरे रातिको खेलले नै निर्धारण गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu