ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञ समूहको सुझाव : नारायणगढ–मुग्लिन सडकखण्डको भासिएको ठाउँमा छ मिटर भित्तो काट्नुपर्ने


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ९ : ३८   बजे

चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ ।

गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले शुक्रवार प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाव दिइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ । सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो ठाउँमा ३५ मिटर हाराहारी लामो क्षेत्रमा भित्तो काट्नुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीले आजै मात्रै प्रतिवेदन आयोजनालाई बुझाएको छ । आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले प्रतिवेदन अध्ययन गरेपछि काम अगाडि बढ्ने बताए । विज्ञ समूह नेपालमा पनि रहेकाले सोही समूह प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने विषयमा पछि छलफल हुने उनले बताए ।

कोइरालाको प्रतिवेदनमा सो ठाउँमा सन् २००४/२००५ मा २० मिटर भित्र पुग्ने गरी रक स्वायल एङ्करिङ गरिएको र सो एङ्करिङमा समस्या आएको हुनसक्ने पनि जनाइएको छ । त्यतिबेला फ्रान्सबाट रड झिकाएर एङ्करिङ गरिएको बिसुरालले बताए।

सडक भासिने क्रम बढ्दै गएपछि गत मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाई र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu