ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाका कारण सडक अवरुद्ध,स्थानीयवासी अन्योलमा


bhawani desk
१ श्रावण २०७५, मंगलबार   २ : २८   बजे

नुवाकोट, १ साउन । अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् ।

स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पु¥याएको हो ।

ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर गाउँपालिकाको केन्द्र दाङसिंह, किस्पाङ गाउँपालिकाको केन्द्र काहुले, पञ्चकन्या गाउँपालिकाको केन्द्र लाँकुरीभञ्याङ र शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरसम्म सञ्चालित सवारी साधान अवरुद्ध भएको हो । सडक अवरुद्धले जिल्लामा रहेका ८८ वटा वडा कार्यालय पनि सवारी साधनको पहुँच बाहिर छन् ।

बेलकोटगढीका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकाको कार्यालय बाघखोर पुग्न असार पहिलो सातासम्म सार्वजनिक यातायातका गाडी सञ्चालन भइरहे पनि अहिले निजी गाडीसमेत चल्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँका अनुसार जनताको माग र आवश्यकताका आधारमा एक वर्षमा २५५ सडक किलोमिटर सडक विस्तार गरे पनि ती अधिकांश सडक वर्षाले क्षति पु¥याएका कारण
केन्द्रबाट अन्यत्र जान कर्मचारी र सेवाग्राहीले सास्ती पाएका छन् ।

ग्रामीण सडक विस्तार भए पनि व्यवस्थित नहुँदा करोडौँ रुपैयाँको लगानी खेर गएको पञ्चकन्याका उपाध्यक्ष सीता खड्काले बताउनुभयो । गाउँमा विकास भित्र्याउन सबैभन्दा दुर्गम स्थानमा केन्द्र तोकेर सडक विस्तार गरी जनतालाई सेवा पु¥याउन थालेका थियौँ । खड्काले भन्नुभयो, “केन्द्रसम्म विस्तार गरेको सडकमा अहिले मोटरसाइकलसमेत चल्न नसक्दा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने अन्योलमा छौँ ।”

असार पहिलो सातादेखि नै निरन्तर परेको वर्षाले जिल्लाका बाह्रमध्ये पाँच स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित हुँदा स्थानीयवासीको दैनिक क्रियाकलापमा असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group