ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन प्रज्ञा:प्रतिष्ठानलाई एकापसमा गाभ्न नहुने


bhawani desk
१८ श्रावण २०७५, शुक्रबार   ४ : ४७   बजे

 काठमाडौं,१८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तक्र्रियाका कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताउनुभयो । “विसं २०६२÷६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भूमिकास्वरुप प्रज्ञा–प्रतिष्ठान खोलिएको छ, यसलाई गाभ्ने कुरा किमार्थ हुन सक्दैन”, उहाँले भन्नुभयो ।

मुलुकको आवश्यकता र औचित्य भएको कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उहाँको भनाइ थियो । अध्यक्ष राईले प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञको नियुक्ति गर्दा प्रज्ञा–प्रतिष्ठान बुझेको व्यक्तिलाई गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले कर्मचारीतन्त्रका कारण तीन प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने धारणा राख्नुभयो । सरकारले कला, साहित्य, संस्कृतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताउनुभो ।

कार्यक्रममा नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाललगायतले देशको कला–संस्कृतिलाई विश्वमा चिनाउने थलो प्रज्ञा–प्रतिष्ठान भएकाले यसलाई एकापसमा गाभ्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group