ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० देशका उच्च सैनिक अभ्यास आजदेखि शुरु


bhawani desk
२१ श्रावण २०७५, सोमबार   १२ : ५१   बजे

काठमाडौं,२१ साउन । विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यवहारिक अभ्यास हुनेछ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ जना सैनिकको सहभागिता छ । स्न २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुर्राष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दुरभास यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दुरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ ।
चौंध दिने सो अभ्यासमा नेपाल, अष्टे«लिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेसिया, जापना, मंगोलिया, माल्दिम्भ, मलेसिया, फिलिपिन्स, सिगापुर, श्रीलंका, थाइल्याण्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्यूगिनी र अमेरिका छन् ।

स्थलगतरुपमा प्राप्त गरेको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुर्राष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने यो कार्यक्रम नेपालमा यो दोस्रो पटक आयोजना गरिएको हो ।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिकरुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुर्राष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुर्राष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो छ भन्नुभयो । अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुर्राष्ट्रिय सेना परिचालन हँुदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group