ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराधिक गतिविधि बढ्नुमा अवैध मदिरा – प्रहरी निरीक्षक आचार्य


bhawani desk
२१ श्रावण २०७५, सोमबार   २ : ५४   बजे

चितवन, २१ साउन । अवैधरुपमा राखिएको २३ सय लिटर घरेलु मदिरा जिल्ला प्रहरी कार्यलय चितवनले नष्ट गरेको छ । सोमवार ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी प्रमुख बसन्त आर्चायको नेतृत्वमा खटिएको टोलीले एक हप्ता सम्म राप्ती नगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
अवैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको अवैध मदिरा तथा कच्चापदार्थ राप्ती नगरपालिकाका उप प्रमुख इमानसिहं लामा र वडा अध्यक्षहरुको रोहवरमा नष्ट गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको सर्च, स्वीप र स्क्रीन अपरेशन अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराले पछिल्लो एक हप्तामा राप्ती नगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको थियो ।
अवैध घरेलु मदिराको कारणले घरेलु हिंसा बढेको र आपराधिक गतिविधि बढेको समाजमा उक्त गतिविधि रोक्नका लागि घरेलु मदिरा नियन्त्रण अभियान सुरु गरिएको प्रहरी निरीक्षक बसन्त आर्चाययले बताए । दिनहु“ दिन घरेलु हिंसा, झैझगडा लगायतका विभिन्न कुराहरु बढ्दै गइरहेकोले यसलाई न्यूनीकरण गर्नलाई घरेलु मदिरा नष्ट अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी निरिक्षक बसन्त आचार्यले बताए ।

राप्ती नगरपालिकामा चेपाङ र तमाङ्ग समुदायको बाहुल्यता रहेको वडा नम्बर १, २ , ३ , ६ ,७ र ८ लगायतको स्थानबाट करिब ८ सय लिटर तयारी मदिरा र १ हजार ५ सय लिटर कच्चापदार्थ प्रहरीले बरामद गरेको र मदिरा उत्पादन गर्नेहरुलाई पहिलो पटक भएको ले सम्झाइ बुझाई छोडिएको आचार्यले जानकारी दिए ।

घरेलु मदिरा सेवन गरेर झै झगडा र अन्य अपराध बढ्ने भएकाले अवैध घरेलु मदिरा नियन्त्रण गर्ने कामलाई प्राथमिकता दिइएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरिक्षक बसन्त आचार्यले बताए ।
घरेलु मदिराको सेवनले राप्ती नगरपालिका ३ मा केहिदिन अघि एक महिलाको ज्यान समेत गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group