ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तकालयमा दुई पक्षबीच विवाद


bhawani desk
२७ श्रावण २०७५, आइतबार   ११ : १०   बजे

 नेपालगन्ज्, २७ साउन । बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् ।

“केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएका थिए । तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताउनुभयो । पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group