ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उखु किसानले भुक्तानी पाएनन्


bhawani desk
२७ श्रावण २०७५, आइतबार   ३ : ५१   बजे

नवलपरासी, २७ साउन । पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् ।
चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसा दिँदै आएका छन् ।

सरकारले निर्धारण गरेको मूल्य नपाउँदा किसान ठगिएको उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । सरकारले चिनी उद्योगलाई यस अघि दिँदै आएको भ्याटबापतको सहुलियत रकम नदिएपछि उद्योगीले किसानबाटै असुल गर्ने गरेका छन् ।

बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी मिलमध्ये बागमती र इन्दिराले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् । अघिल्लो वर्ष सरकारले उखुको प्रति क्विन्टल रु ५३१ मूल्य निर्धारण गरेको थियो ।

उचित मूल्य नपाएपछि पश्चिम नवलपरासीमा पछिल्लो समय उखु उत्पादनमा कमी आएको छ । समयमै मूल्य नपाउँदा किसान विस्तारै अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् । आफ्नो उद्योगले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसाको दरले उखुको मूल्य भुक्तानी गरिरहेको सो उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले बताउनुभयो । उद्योगले किसानलाई करीब ५० प्रतिशत उखुको रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

सरकारले निर्धारण गरेको रकम उपलब्ध गराउन उद्योगी र किसानबीच समन्वय गराइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । यहाँका चिनी उद्योगबाट करीब रु ४० करोड भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो । जिल्लामा सात हजार हेक्टरभन्दा बढी जग्गामा उखुखेती गरिँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group