ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपबाटै ६ महिनादेखि किशोरी बलात्कृत !


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ९ : ५९   बजे

धरान, २८ साउन  । धरान उपमहानगरपालिका-५ साउनेस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले हाडनाताकी एक किशोरीलाई जबर्जस्ती करणी गर्दै आएको घटना सार्वजनिक भएको छ । कक्षा १२ मा पढ्दै आएकी किशोरीलाई बस्नेतले ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएका हुन् ।

घटना सार्वजनिक भएपछि बस्नेत फरार छन् । आफूलाई कक्षा ११ मा पढ्दादेखि नै कसैलाई भने हत्या गर्ने धम्की दिएर बस्नेतले जबर्जस्ती गर्दै आएको किशोरीको भनाइ छ । बस्नेतले गएको फागुन २५ गते पहिलोपटक किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।

त्यसपछि हल्ला गरे परिवारै सिध्याइदिने धम्की दिँदै उनले निरन्तर करणी गर्दै आएका पीडितको भनाइ छ । आफूमाथि बस्नेतले डरधम्की देखाउँदै निरन्तर करणी गर्न थालेपछि किशोरीले अभिभावकलाई आफ्नो पीडा सुनाएकी हुन् ।

पीडित परिवारले गएको असार १० गते इलाका प्रहरी कार्यालय धरानमा बस्नेतविरुद्ध उजुरी गरेका थिए । आफूविरुद्ध उजुरी परेको थाहा पाएपछि बस्नेतले उजुरी फिर्ता लिएर घरमै मिलाउन दबाब दिए । प्रहरीले समेत बस्नेतलाई पक्राउ नगरेपछि पीडित परिवारले न्याय माग्दै महिला सञ्जाल धरानमा गएको असार १८ गते निवेदन दिएका छन् । सञ्जालकी अध्यक्ष सविता राईले बस्नेतमाथि कारबाहीका लागि पहल भइरहेको बताइन् ।

धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आइतबार पीडित परिवारले दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

महाधिवेशन रोक्नुभन्दा विश्वसनीय बनाउनुपर्छ: प्रवक्ता चालिसे

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu