ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० बर्षे बालकको क्यान्सर उपचार गर्न सहयोग खोज्दै अविभावक


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   १ : ४५   बजे

 

काठमाडौं, २८ साउन ।  आर्थिक अभावका कारण नौबहिनी गाउँपालिकाका ४ का १० बर्षे बालक विक्रम सुनारलाई लागेको क्यान्सर निको हुन् सकेन् । क्यान्सर लागेको २ बर्ष पुग्दा समेत उनी गाउँमा छटपटाउन बाध्य छन् ।

विक्रम सुनार ७ बर्षको हुँदा बुटवलमा गइ हर्नियाको शल्यक्रिया गराएका थिए । शल्यक्रिया मार्फत हर्नियाको समस्या समाधान भयो । तर, शल्यक्रियाले विक्रमलाई क्यान्सरको मुखमा पू¥यायो ।

क्यान्सरको मुखमा पुगेका उनलाई हजुर आमा, बुबाले बुटवल, भारतका विभिन्न अस्पतालमा पू¥याए । क्यान्सरको उपचार गर्न नसके पछि पुनः घरमै छट्पटाएका छन् ।

वि.पी।.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा प्रत्येक महिना २० हजार बोकेर जानु पर्ने सिता सुनारले बताइन । छोराको उपचार खर्च नभएपछि उनका बुबा चेतमान सुनार ३ महिना अगाडि कतार पुगेका छन् । छोराको उपचारका लागि आमा सिता सुनार सहयोगी हातहरु माग्न थालेको बताइन् ।

छोराको उपचारको लागि घरबारी विक्रि गरियो तर पुगेन, श्रीमानलाई विदेश पठाएकी छु जसरी भएनी छोराको उपचार गराउनु छ । सिता सुनारले भनिन् ।‘छोराको उपचारको लागि १ लाख २० हजारमा घरबारी विक्रि गरियो, क्यान्सरको लागि २० लाख जति चहिँदो रहेछ’ ।

विक्रम सुनारको उपचारको लागि आमा सिता सुनारले बहाने बजार केन्द्रका व्यापारीहरुले सहयोग गरेका छन् । ठुलो मात्रामा उपचार खर्च लाग्ने भएका कारण सबैमा सहयोगको अपेक्षा रहेको उनी बताउछिन् ।

सोमबार नौबहिनी गाउँपालिकामा बहानेमा सहयोगको लागि सिपारिस बनाउन आइपुगेकी सिता सुनारले गाउँपालिकाबाट २० हजार सहयोग पाएकी छन् । नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजाल र कार्यकारी निर्देशक थानेश्वर भण्डारीले उनलाई २० हजार सहयोग प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रिजालले १० बर्षको बालकको क्यान्सर उपचारको लागि सबैले सहयोग गरिदिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

महाधिवेशन रोक्नुभन्दा विश्वसनीय बनाउनुपर्छ: प्रवक्ता चालिसे

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu