ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मितव्ययी बन्दै ओली सरकार : ‘आसचपु’ मा देउवाले २८ करोड बाँड्दा ओलीले २ करोड बाँडे


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ४ : ४१   बजे

काठमाडौँ, २८ साउन । वर्तमान सरकार आर्थिक रुपले अघिल्लो सरकार भन्दा मितव्ययी देखिएको छ । सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिमा पूर्ववर्ती सरकार भन्दा वर्तमान सरकार मितव्ययी भएको देखिएको हो ।

पूर्ववर्ती सरकार र वर्तमान सरकारले वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) मा निकै अन्तर छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनाको अवधिमा २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरेको थियो भने नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गएको पाँच महिनाको अवधीमा २ करोड ४२ लाख मात्र वितरण गरेको छ ।

ओली गएको फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनी प्रधानमन्त्री भएको केही दिनमा ६ महिना पुग्दैछ । पाँच महिने उपलब्धि सार्वजनिक गर्ने क्रममा जारी गरिएको पुस्तिकामा गृह मन्त्रालयबाट आर्थिक सहायता, चन्दा, पुरस्कार अन्तर्गत २०७४ साउनदेखि पुससम्म २ हजार १ सय ८९ जनालाई २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरिएको’ उल्लेख गरिएको छ ।

यो सरकार बनेपछि २०७४ माघदेखि ०७५ असारसम्म, आन्दोलनका क्रममा जीवन गुमाएका ११ जनाको जनही रु १० लाखका दरले वितरण गरिएको १ करोड १० लाख सहित जम्मा २ करोड ४२ लाख मात्र वितरण भएको उल्लेख गरिएको छ ।

पुस्तिकामा यो सरकार बनेपछि २०७४ माघदेखि २०७५ असारसम्म’ भन्ने उल्लेख भएपनि ओली सरकार २०७४ फागुनमा मात्र बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’

महाधिवेशन रोक्नुभन्दा विश्वसनीय बनाउनुपर्छ: प्रवक्ता चालिसे

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu