ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य पाएपछि अदुवा उत्पादक किसान उत्साहित


एबीसी न्यूज
३१ श्रावण २०७५, बिहिबार   ११ : २८   बजे

इलाम,३१ साउन । गएको वर्षको तुलनामा यो वर्ष राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् । भारत निर्यात सहज भएपछि यो वर्ष अदुवाको मूल्य किलोको २ सयदेखि पाँचसय रुपैयाँसम्ममा विक्री हुन थालेपछि किसान खुशी भएका हुन् ।

गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको अदुवा अहिले २ सय रुपैयाँभन्दा बढीमा बिक्री भैरहेको फाकफोकथुम गाउँपालिका–१ की कृष्णमाया निरौलाले भन्नुभयो ‘विक्री नभएकै कारण यस वर्ष खेती नै मासेका थियौँ तर अदुवाको भाउले झुक्यायो, अब अर्को वर्ष फेरि खेती सुरु गर्ने सोचमा छौँ ।

भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो । व्यवसायीक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् ।
उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको हुनसक्ने व्यापारी न्यौपानेले बताउछन ।

यस वर्ष साउनको अन्तिम सातासम्ममा डेढ करोड भन्दा बढीको अदुवा इलामबाट निर्यात भएको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लामा धेरै किसान व्यवसायिक अदुवा खेती गरी जिविकोर्पाजन गरिरहेका छन् । जिन्जर प्रोफाइलका अनुसार, इलाममा ३ हजार २ सय ३३, पाँचथरमा ६ सय ६१, धनकुटामा २ सय ४९ , तेह्रथुममा २ सय १२ र झापामा ३ सय ४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमा इलामबाट ४५ हजार ९ सय ९४, पाँचथरमा ८ हजार ८ सय ३९ , धनकुटामा ४ हजार ९ सय ३३, तेह्रथुममा ३ हजार दुई सय ७७ र झापामा ४ हजार ५ सय ८३ मेट्रिकटन अदुवा उत्पादन भएर निकासी भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाबाट मात्र २० हजार ५१ मेट्रिक टन अदुवा भारत निकासी भएको कार्यलयका सूचना अधिकारी रमेश खतिवडाले बताउनुभयो ।

कार्यालयका अनुसार, सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५२९ रुपैयाँको अदुवा भारत निकासी भएको छ भने सन् २०१८ मा १५ करोड पाँच लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu