ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोक सेवा भर्ना रोकेर कर्मचारी समायोजन गर्दै सरकार


एबीसी न्यूज
३१ श्रावण २०७५, बिहिबार   ६ : १०   बजे


काठमाडौं,३१ साउन । केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय सरकार अन्तर्गत खटाउन गाह्रो भएपछि सरकारले एक वर्ष लोक सेवा आयोगबाट हुने भर्ना रोक्ने भएको छ ।

पुसभित्र कर्मचारी समायोजन गरिसक्ने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवाको भर्ना रोकेर साविक कर्मचारीलाई तीनै तहका सरकार मातहत समायोजन गर्न लागेको हो।

‘लोक सेवा १ वर्ष रोक्नेबारे निर्णय भइसकेको छैन। मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कि भन्नेबारे आन्तरिक छलफलमा मन्त्रालय जुटेको छ’, मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले पत्रकारसंग भने, ‘संघमा अहिले रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन गाह्रो भइराखेको छ।

लोक सेवा रोकेर कर्मचारी समायोजन सक्ने र अपुग कर्मचारी प्रदेश लोक सेवाबाट लिन सकिन्छ भन्ने खालका छलफल भएका छन्।’

मन्त्रालयले तीनै तहका सरकारमा रहने कार्यालयमा आवश्यक पर्ने कर्मचारी दरबन्दी संख्या तयार पारिसकेको छ। केन्द्रमा ४५ हजार ८ ५८, प्रदेशमा २१ हजार ३९९ तथा ७५३ स्थानीय तहमा ५७ हजार कर्मचारी रहने गरी संगठन संरचना स्वीकृत भइसकेको छ।

स्थानीय तहमा १५ हजार हाराहारी कर्मचारी अपुग छन्। केही तहमा प्रशासकीय अधिकृत खालि रहेको मन्त्रालय स्रोत बताउँछ। शिक्षा क्षेत्रका कामविहीन जनशक्तिलाई प्रशासन सम्हाल्ने गरी खटाउने तयारी पनि छ।

मन्त्रालयले तयारी गरेजस्तै लोकसेवा भर्ना १ वर्ष रोकेमा ८ लाख मानिस प्रत्यक्ष प्रभावित हुने लोक सेवा आयोगले जनाएको छ। ‘१ वर्ष लोक सेवा रोक्ने भन्नेबारे अहिलेसम्म आयोगलाई औपचारिक जानकारी आएको छैन’, आयोगका प्रवक्ता सहसचिव जानकीराम शर्मा बरालले पत्रकारसंग भने, १ वर्ष रोक्नु हुन्न भन्नेमा आयोग छ।’

लोकसेवाको तयारीमा वर्षौदेखि जुटिरहेका मानिसहरु प्रभावित हुने गरी सरकारले आयोगबाट हुने भर्ना रोक्न नहुने उनले बताए। ‘भर्ना रोक्नू भन्ने जानकारी आएमा यस्ता निर्णयले कसैलाई पनि फाइदा पुग्दैन’, उनले भने, ‘निर्णय लिनुअघि सरकारले गहिरोसँग छलफल गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu