ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियो नेपाल अब मोबाइल एप्सबाट सुन्न सकिने


एबीसी न्यूज
१ भदौ २०७५, शुक्रबार   ५ : ०३   बजे

काठमाडौं, १ भदौ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ ।

एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो ।

सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

“रेडियो नेपालले सकारात्मक कुरा पठाउनुपर्छ, नकारात्मक कुरा होइन, दिग्भ्रमित गर्ने विषयको आयु छोटो हुन्छ, यो संस्थाले राष्ट्रको प्रतिनिधित्व गर्छ, यसैले रेडियो नेपालले सरकारको मात्र नभई सबैको सही सूचना सम्प्रेषण गर्नुपर्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

रेडियो नेपालमा स्वर परीक्षा नलिइ समाचार वाचन र कार्यक्रम चलाउन नदिन उहाँले निर्देशन दिनुभयो । महङ्गो पर्ने भए पनि गुणस्तरीय प्रविधि ल्याएर काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले प्रसारण पहुँच नपुगेका स्थानमा मोबाइल एप्स प्रयोग गरी इन्टरनेट र वाइफाइका माध्यमबाट सुन्न सकिने बताउनुभयो । एप्सबाट तीन वर्षअघिदेखिको अडियो सुन्न सकिने जनाइएको छ । हाल २१ भाषामा प्रसारण भइरहेको रेडियो नेपालमा केही प्रदेशबाट भाषा थपको माग आएको उहाँले सुनाउनुभयो ।

नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले रु पाँच लाखको लागतमा मोबाइल एप्स तयार भएको जानकारी दिनुभयो । रेडियो नेपालले कतिले सुन्छन् भन्ने वास्तविक तथ्य पत्ता लगाउन प्राविधिक सर्वेक्षणसमेत गर्ने तयारी गरिरहेको जानकारी पनि उहाँले गराउनुभयो । विसं २०५२ देखि अनलाइनमा गएको रेडियो छिट्टै डिजिटल प्रविधिमा जाने जनाइएको छ । आइफोन चलाउनेका लागि छिट्टै आइओएस प्रविधिको अर्को एप्स ल्याइनेछ । इष्ट लिङ्क डेभलपर कम्पनीले मोबाइल एप्स निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu