ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर सय गन्तव्य : मन्त्री अधिकारी


admin
२ भदौ २०७५, शनिबार   ५ : ५६   बजे

काठमाडौँ, २ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पु¥याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ ।

फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक पनि आवश्यक छ । त्यसका लागि गुणस्तरीय फास्टफुड, क्याफे, रेष्टुराँ र होटल आवश्यक हुन्छ ।”

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको र त्यसका लागि सम्पदाको पुनःनिर्माण द्रूत गतिमा भइरहेको चर्चागर्दै मन्त्री अधिकारीले भन्नुभयो–“पर्यटकका लागि सम्पदा क्षेत्रमा राति पनि हेर्ने व्यवस्थाका लागि नाइटलाइफ सुरु गरिने छ । होटल खुला राख्ने समयसीमा समेत बढाइने छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने प्रयत्न भएरहेको चर्चा गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकका उद्योगधन्दा, विकास निर्माण र सेवाका क्षेत्रहरु २४ घण्टा नै सञ्चालनमा आउनसके मात्र मुलुकले चाँडै समृद्धि प्राप्त गर्ने छ ।”

उहाँले पर्यटनको क्षेत्रमा रहेको पुरातन सोंचलाई बदल्दै नयाँ सोंचका साथ पर्यटन व्यवसायलाई अगाडि लैजानुपर्नेमा जोडदिँदै फास्टफुड एसोसिएसनले दक्ष जनशक्ति उत्पादनमा समेत जोडदिन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा एक करोड पर्यटन नल्याएसम्म र कूल ग्राहस्थमा २० प्रतिशत योगदान नभएसम्म पर्यटन विकासले विश्राम लिन नसक्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीले फास्टफुड एसोसिएसनमा विभिन्न गतिविधिमा सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा मन्त्री अधिकारीले बुद्धनगरस्थित फास्टफुड एसोसिएसनको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फडिन्द्रबहादुर श्रेष्ठ (गोपाल) ले घरभाडा करसमेत व्यवसायीले तिरेर अनेक समस्याका बावजुद फास्टफुड व्यवसायीले व्यवसाय गरिरहेको बताउनुभयो ।

कार्यक्रममा होमराज श्रेष्ठ र हिमाल श्रेष्ठले फास्टफुड व्यवसायीले समस्याबारे चर्चा गर्नुभएको थियो । अधिवेशन व्यवस्थापन समितिका संयोजन नविन श्रेष्ठका अनुसार, अधिवेशनले केशरबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः राजकुमार श्रेष्ठ ‘राजु’, होमराज श्रेष्ठ, नविन श्रेष्ठ र बाबुराम कार्की सर्वसम्मत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu