ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै पनि डोमलाई होटलको भाँडामा खान दिइँदैन


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   ३ : ०६   बजे

 

गौशाला, ३ भाद्र । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ ।  उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ ।

चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उहाँ गुनासो गर्नुहुन्छ ।

उक्त नगरपालिका–१स्थित जलेश्वर–सम्सी सडक खण्डको छेउमै वर्षौदेखि बस्दै आएका डोम समुदायलाई मनरा बजारमा अवस्थित करीब ५० होटलमध्ये कुनै पनि होटल सञ्चालकले सहजपूर्वक खानेकरा खान दिने गरेका छैनन् ।

सोही स्थान निवासी बिजुली डोमले पनि होटल सञ्चालक मात्रै नभई आम स्थानीय बासिन्दा आफूहरूबाट टाढा रहने र खानपिन गर्दा पनि टाढै रहने गरेको पीडा सुनाउनुहुन्छ । कानूनले छुवाछुतलाई अन्त गरिसक्दा पनि यस क्षेत्र बासिन्दालाई काननूनले कुनै असर नपारेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu