ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमनमा बाधा पुर्‍याउने व्यापारीको दर्ता खारेज गर्ने


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ८ : ५५   बजे

 

काठमाडौं, ५ भाद्र । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्‍याउने व्यापारीको दर्ता नै खारेज गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नागरिक ठग्ने र बजार अनुगमनमा बाधा पुर्‍याउने व्यापारीलाई कारबाहीको लागि मंगलबार मन्त्रिस्तरीय बैठक बस्ने तयारी भएको हो ।

कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रवक्ता ढकालले ठग्नुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीको साथ नलाग्न पनि अन्य व्यापारीलाई आग्रह गर्नुभयो ।

यस्तै सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने घोषणा गरेका छन् । सोमबार सरकारले कालिमाटी तरकारी बजारको अनुगमन गर्दा हुँदै नभएका नियमको भरमा आफ्ना नेता पक्राउ गरेको भन्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने जनाएको छ ।

सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने र जफत भएको २ गाडी तरकारी पनि फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको थियो ।

त्यसपछि व्यापारीले नाराबाजी गर्दै अनुगमन टोलीलाई नै थुनेपछि प्रहरीले तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।

कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको भन्दै मंगलबार निर्णय गरेर अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज गर्ने र थप कारबाही गरिने ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu