ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भालुको आक्रमणमा गम्भिर घाइते


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ९ : ३८   बजे

संखुवासभा, ५ भाद्र । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालुको आंतक बढेको छ ।

आइतबार सोलुको महाकुलुङ गाउँपालिका वडा नम्बर–३, बोक्सुवारमा भालुको आक्रमणबाट स्थानीय पासाङदावा शेर्पा घाइते हुनुभएको छ ।
खेतबारीमा लगाएको मकै भालुले सखाप पारेपछि बारीमा मकै रुघ्न बसेको बेला भालुले उल्टै आफूलाई आक्रमण गरेर घाइते बनाएको शेर्पाले बताउनुभयो ।

राति भालु लखेट्न होहल्ला गर्दै कराएको थिएँ, भालुले उल्टै आफै माथि आइलाग्यो । अरु गाउँलेहरु आएर बचाए ।’
‘गाउँभरिका मानिसहरु रातभरि सुत्दैनौं, एकछिन सुत्न गए बारीमा पाक्न लागेको मकै सबै सखाप हुन्छ’, शेर्पाले भन्नुभयो, ‘दिनको समयभन्दा रातको समयमा भालु मकै खान बढी आउन थालेको छ ।

केही समय अघिसम्म दिउँसो आउँथ्यो, दिउँसो धेरै मान्छे डिउटी बस्न थालेपछि राति आउन थालेको छ ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका शेर्पाको शरिरका विभिन्न भागहरुमा ठूला–ठूला चोट र घाउ भएको छ । उहाँको तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने भए पनि जडिबुटीको भरमा घरमा नै उपचार गरिराख्नुभएको छ ।

‘उपचार गर्न जान गाउँदेखि ५÷६ घण्टा टाढा छेस्काम उप–स्वास्थ्य चौकी पुग्नुपर्छ । हिँडेर जान सक्दिँन, गाउँका साथीभाइलाई बोकाएर लैजान गोरेटो बाटो समेत राम्रो छैन । बोक्ने सक्ने बलियो मान्छे पाउन पनि मुस्किल छ’, शेर्पाले मन्द स्वरमा भन्नुभयो ।

वन्यजन्तु मा¥यो भने उल्टै कानुन लाग्छ भनेर वन्यजन्तुको हानीनोक्सानी सहन बाध्य भएको उहाँले बताउनुभयो ।
सरकारले वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ तर स्थानीय गाउँलेहरुको पीडा र पीरमार्का समेत सरकारले बुझ्नु पर्ने उहाँहरुको भनाई छ ।

मानवीय सुरुक्षा पहिलो कुरो भएको भन्र्दै स्थानीयहरु आत्मरक्षा र आफ्नो पशु तथा अन्नबालीको सुरक्षाका लागि मध्यवर्ती क्षेत्रको संवेदनशिल क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले बन्दुक राख्न पाउनु पर्ने उहाँहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा तीन दलबीच सत्ता सञ्चालनका लागि समझदारी

सांसद आशिका तामाङको व्यवहारप्रति मेयर फोरमको आपत्ति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu