ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीको व्यवस्थापन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी


bhawani desk
५ भदौ २०७५, मंगलबार   १२ : १७   बजे

 राजविराज, ५ भाद्र । औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ ।

उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बुँदे माग प्रस्तुत गर्दै मूलढोकामै धर्नामा बसेका छन् । उद्योग भित्र नियमित विद्युत् आपूर्तिका लागि छुट्टै फिडरको व्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको उद्योगको पर्खाल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुबानमा पर्ने भएकाले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि बोरिङको व्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षाबलको व्यवस्था गर्नुपर्ने र वर्षाले पानी पसेर उद्योगका उपकरणमा पु¥याएको क्षतिको यकिन गरी क्षतिपूर्ति दिनुपर्ने मागपत्रमा उल्लेख छ ।

समस्याग्रस्त औद्योगिक क्षेत्रको सुधारका लागि व्यवस्थापन समक्ष पटक–पटक लिखित र मौखिक जानकारी गराउँदा पनि आश्वासनबाहेक केही नपाइएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको कोशी पोलिमर्स उद्योगका सञ्चालक प्रमेश यादवले जानकारी दिनुभयो । मिलन डेरीका सञ्चालक मिलन सिंहले पनि माग पूरा नभएसम्म तालाबन्दी र धर्ना जारी रहने बताउनभयो ।

उक्त क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले आवश्यक बजेट नहुँदा विद्युत् आपूर्ति, पर्खाल निर्माण, औद्योगिक सुरक्षाबलको नियुक्ति, बोरिङको व्यवस्थालगायतका काम अघि बढाउन नसकिएकाले सम्वद्ध निकायमा आफूले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।

भारत सरकारको सहयोगमा २०५१ सालमा स्थापित औद्योगिक क्षेत्रमा शुरुदेखि नै विभिन्न समस्या आइपरेपनि कर्मचारीको बेवास्ताका कारण अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उद्योगीहरूको भनाइ छ ।

करीब २३ बिघा जग्गामा निर्माण गरिएको सो औद्योगिक क्षेत्रभित्र १० उद्योग सञ्चालन गर्न सकिने क्षमता भए पनि आवश्यक सेवा र सुविधा नहुँदा हाल कोशी पोलीमर्श, मिलन डेरी, कृष्णा खाद्य, महालक्षमी पेट र पद्म ज्योति प्लाष्टिक उद्योग मात्र सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group