ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जातीय छुवाछुत विरुद्ध कडा कानुन ल्याइँदै


bhawani desk
१० भदौ २०७५, आइतबार   ३ : ५७   बजे


काठमाडौं,१० भाद्र । जातीय विभेद र छुवाछुत नियन्त्रण गर्नका लागि २०६८ सालमा ल्याइएको ऐनलाई सरकारले संशोधन गर्ने भएको छ।

समय अनुसार परिवर्तित छुवाछुत र भेदभावलाई नियन्त्रण गर्न भन्दै सरकारले संशोधन विधेयक संसदमा दर्ता गराएको छ।

संशोधन विधेयकमा जातीय, संस्कृत धर्म र भेषभुषाको आधारमा विभेद गरेमा २० हजारदेखि १ लाख जरिवाना र कैद सजाय हुने व्यवस्था प्रस्ताव गरेको छ।

जातीय एवम् सामाजिक भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार भनि ११ वटा सूची राखिएको छ । अदालत वा अन्य न्यायीक निकाय, कुनै सरकारी निकायबाट उपलब्ध गराइने सेवा, सार्वजनिक सेवामा समान पहु्ँच, सार्वजनिक क्षेत्रमा भेला हुने, रोजगारी छनौट गर्ने र उचित क्षतिपूर्ति पाउनेसम्मका कुरा हकको रुपमा ग्यारेन्टी गरिने प्रस्तावित विधेयकमा उल्लेख छ ।

संविधानले ग्यारेन्टी गरेको जातीय भेदभाव विरुद्धको हक सुरक्षित गर्न सरकारले यस्तो विधेयक संसदमा दर्ता गराएको हो ।

संसदमा दर्ता भएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राजपत्रमा प्रकाशित भएपछि मात्रै यी अधिकारहरु लागू हुने छन्। कसैले भेदभाव र छुवाछुत गरेमा उसले उचित क्षतिपुर्ति तिर्न र पीडितले सहज रुपमा पाउनका लागि यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

पुरानो ऐनमा रहेकामध्ये ७ वटा दफामा संशोधन गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। विधेयकले विगतको ऐनभन्दा सजाय समेत बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group