ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहलाई न्याय सम्पादनमा समस्या


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   ११ : ५८   बजे

वीरगन्ज, १३ भाद्र । संविधानले स्थानीय तहमा मुद्दा मामिला छिनोफानो गर्ने अधिकार स्थानीय तहलाई दिएको पनि पर्सा जिल्लाको कतिपय स्थानीय तहमा समितिले पूर्णता नपाउँदा समस्या हुने गरेको गुनासो जनप्रतिनिधिको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहलाई २४ वटा मुद्दा हेर्ने अधिकार दिइएको छ । तीमध्ये १३ विषयमा विवाद निरुपण गर्न तथा ११ मुद्दामा न्यायिक समितिले मेलमिलाप गराउन सक्ने अधिकार दिएको छ ।

न्यायिक समिति स्थानीय तहका उपाध्यक्षको संयोजकत्वमा गठन गरिन्छ, जसमा मुद्दा दर्ता गर्दा शुल्क नलाग्ने भएपछि समितिको लोकप्रियता बढ्दै गएको छ ।

न्यायिक समितिका पदाधिकारी प्रचलित नेपालको कानूनसम्बन्धी ज्ञान अभावका कारण कतिपय मुद्दाको फैसला गर्न समस्या हुने गुनासोसमेत रहेको छ ।

कानून नपढेका न्यायाधीशका रूपमा स्थानीय निकायमा चर्चित रहेका न्यायिक समितिका पदाधिकारीलाई मुद्दाका पक्ष र विपक्षबीच छलफल नगरी न्याय दिलाउन कठिन भएको समितिका पदाधिकारीको गुनासो छ ।

पर्सा जिल्लामा रहेका एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह रहेका छन् । जसमध्ये अधिकांश स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भए पनि कानूनको जटिलताको अभावका कारण न्याय सम्पादनमा समस्या हुने गरेको गुनासो समितिका पदाधिकारीको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu