ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुगेडीको खहरेका स्थानीयबासी शुद्ध खानेपानीको पाएपछि हर्षित


एबीसी न्यूज
१५ भदौ २०७५, शुक्रबार   ५ : १३   बजे
चितवन , १५ भाद्र । खोलाको पानी खान बाध्य भएका जुगेडीको खहरेका स्थानीयहरुले शुद्ध पानी पिउन पाएका छन्  । नारायणगढ – मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ को खहरेका वासिन्दाले खानेपानीको सुविधा पाएका हुन् । वर्षौदेखी खानेपानीको समस्या भोग्दै आएका खहरेवासीले खानेपानीको ब्यवस्था भएपछि हर्षित भएका छन् । तीन महिनाको अवधिमा खहरे खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको हो ।
आयोजना अन्र्तगत सार्वजनिक शौचालय तथा असक्त असाहयहरुका लागी नि:शुल्क सुविधा प्रदान गरिएको छ । खानेपानीको ब्यवस्थाले दैनिक जीवन तथा ब्यवसायमा धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष नारायण कुमार मगरले बताए । खहरे खानेपानी खानेपानी आयोजनाबाट २९ घरधुरी लाभान्वित भएका छन । मूलको पानी भएको मुहानमा दुई वटा ट्याङ्की निमार्ण गरिएको छ । त्यसबाट निस्केको पानी २० हजार घन मिटरको रिजर्भ ट्याङकी मार्फत वितरण गरिएको छ ।
करिब २४ लाखको लागतमा खानेपानी आयोजना निमार्ण गरिएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ ले उक्त खानेपानी आयोजनाको लागी सात लाख बजेट विनियोजन गरेको हो । त्यस्तै नेपाल ग्रामिण निमार्ण संस्थाले एक लाख ५२ हजार नगद सहित सात लाख १५ हजार सहयोग गरेको छ । आरआरएनको समन्वयमा भिसिए र डब्लु डब्लु एचले पनि सहयोग गरेको खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानीको लागी स्थानियले करिब १० लाख बराबरको जनश्रमदान गरेका थिए ।
खोलाको खानेपानी बाध्यता हटाउन लागी खानेपानीको लागी पहल गरिएको वडाध्यक्ष मान बहादुर रानामगरले बताए । खानेपानीको सदुपयोग र संरक्षणका लागी धारामा मिटर जडान गरिएको छ । करिब एक सय घरधुरीलाई खानेपानी पु¥याउने गरी पूर्वाधार निमार्ण गरिएको छ । खानेपानी आयोजना निमार्ण सम्पन्न भएपछि सोमवार उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा उपभोक्ता समितिका सचिव चन्द्र बहादुर पौडेल , इन्द्रेणी सामुदायीक वनका अध्यक्ष सुर्य बहादुर गुरुङ, नेपाल ग्रामीण पूर्ननिमार्ण संस्थाका ईञ्जिनियर सन्तोष भट्टराई , बरिष्ठ सहजकर्ता मानकुमार चौधरी , नेकपा प्रतिनिधि गणेश लामीछाने लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group