ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा सहायक हवल्दारको मृत्यु


एबीसी न्यूज
१७ भदौ २०७५, आइतबार   १२ : ३३   बजे

 

कञ्चनपुर, १७  भाद्र ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group