ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्षको दशैंको अग्रीम टिकट बुकिङ अन्योलमा


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   ८ : ३९   बजे

काठमाडौं, २० भाद्र । यस वर्षको दशैंको अग्रीम टिकट बुकिङमा अन्योलमा रहेको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेका छन् ।

त्यसो नभए दशैंमा गाडी चलाउन अप्ठेरो पर्ने जानकारी व्यवसायीले सरकारलाई दिएका छन् । हाल सबै यातायात समितिहरु कम्पनीमा गईनसकेका कारण सरकारले उनीहरुसँग नै सहयोग माग्नुपर्ने अवस्था छ । गत वर्षहरुमा व्यवसायीले विभिन्न माग राख्दै बुकिङ अन्योलमा अन्योल सिर्जना गर्थे । यसवर्ष सरकारले यातायात समितिहरुको नवीरकण त रोकेको छ, तर पुससम्म व्यवसायीहरुलाई कम्पनीमा जान समय दिइएको छ ।

अघिल्लो वर्ष पनि व्यवसायीले दशैंअघि भाडा समायोजन गर्नुपर्ने मुद्दा उठाउँदा सरकारले चाडपर्वपछि छलफल गर्ने भनेको थियो । तर, पछि सम्वाद भएन । बरु विभागले सिन्डिकेट तोड्ने गरी विभिन्न नीति ल्यायो । यसैकारण व्यवायीलाई समिति छाडेर कम्पनीमा नै जानैपर्ने भएको छ ।

अहिले व्यवसायीले सवारी दुर्घटनामा घाइतेहरुको उपचार खर्च, क्षतिपूर्ति लगायतका मुद्दा बीमामार्फत सम्बोधन नभएसम्म बुकिङ खोल्न नसकिने बताएका छन् । यस्तै तेल भाउ लगातार बढिरहँदा पनि भाडा समायोजन नभएकाले वैज्ञानिक तवरबाट भाडा वृद्धि गर्न उनीहरुको माग छ । यसो नभएमा दशैंमा गाडी जोखिम मोलेर घाटामा सवारी चलाउन नसकिने तर्क उनीहरुको छ ।

सरकारले व्यवसायीलाई दशैंभन्दा एक महिनाअघि बाटै लामो दूरीमा जाने यात्रुको लागि बुकिङ खोल्न प्रस्ताव गरेको थियो । तर, व्यवसायीले यसलाई स्वीकार गरिसकेका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारको अदूरदर्शी नीति र हेलचेक्र्याइँका कारण यातायात क्षेत्रमा अन्योल उत्पन्न भएको बताए ।

‘सवारी दुर्घटना हुँदा समितिहरुले ६० लाखसम्म उपचार खर्च बेहोरेका थिए । अब कम्पनीमा गएपछि के हुन्छ रु,’ सिटौलाले प्रश्न गरे,’दशैंमा व्यवसायीले दुर्घटनाको जोखिम कसरी बहन गर्ने यसबारे हाम्रो चासो छ ।’

‘यो क्षेत्रका समस्याहरु हामीले जानकारी गरएका छौं । सरकारले पनि देखेको छ । त्यसको समाधान नगरेसम्म अघिला वर्षहरुजसरी दशैंमा सेवा दिन गाह्रो हुन्छ,’ उनले भने,’अघिल्ला वर्षमा एकतर्फी सेवा दिँदा व्यवसायीलाई घाटा भएका अवस्थामा समितिहरुले तेल हालेर गाडी चलाउँथे । यो वर्ष के हुन्छ भनेर सरकारलाई सोधेका छौं ।’

अहिले यातायात समितिहरुको बैंक खाता रोक्का छ । व्यवसायीले आफ्ना तमाम समस्या समाधान नगरेसम्म बुकिङ खोल्न अप्ठेरो रहेको बताएका छन् ।

यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्य ढकाल व्यवसायीले दशैंअघि भाडा वृद्धिको माग राखेको स्वीकार्छन् । उनले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकोले व्यवसायीको मर्कालाई ध्यानमा राखेर छलफल गरिने बताए ।

‘उहाँहरुले तेलको भाउ, पार्टपुर्जाको, कर्मचारीको तलब, सञ्चालन खर्च सबैमा ठूलो वृद्धि भएकाले त्यसअनुसार भाडा समायोजना गर्नुपर्छ भन्नु भएको छ,’ उनले भने,’यसमा छलफल हुन्छ । सबै व्यवसायीले दशैंको अग्रीम बुकिङमा सघाउँछन् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सेनाले पठायो आठ टन राहत सामग्री

भोटेकोसी बाढीपछि सोनु सुदको घोषणा : ‘नेपाल तिमी एक्लो छैनौ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सेनाले पठायो आठ टन राहत सामग्री

UN Chief Expresses Condolences After Deadly Flooding in Nepal and China

Sixty-Four Bodies Recovered After Bhotekoshi River Flooding in Nepal

भोटेकोसी बाढीपछि सोनु सुदको घोषणा : ‘नेपाल तिमी एक्लो छैनौ’

Nepal Flash Floods Damage Hydropower Projects and Transmission Lines

Nepal Floods Leave Dozens Missing, Widespread Destruction in Nuwakot District

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu