ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आफ्नो सीमा नियमन गर्नुपर्नेमा विज्ञहरूको जोड


bhawani desk
२० भदौ २०७५, बुधबार   ५ : १९   बजे

काठमाडौं,२० भाद्र । अन्तराष्ट्रिय कूटनीतिका जानकार तथा सीमाविद्हरुले नेपालले आफ्नो सीमामा कडाइ गर्नु पर्ने बताएका छन् ।

ललितपुरमा आज भएको कार्यक्रममा सरकारले भारत र चीनसँगको सीमामा कडाइ गर्नु सुझाव दिएका हुन् ।

उनीहरुले सीमानामा राज्यको उपस्थति बलियो हुनुपर्ने बताए ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालले गरेको ुनेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना स् अवसर र चुनौतीु विषयक गोष्ठीमा वक्ताहरुले त्यस्तो धारणा राखेका हुन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले खुला सीमाना नेपालका लागि अवसर र चुनौती दुवै भएको बताए । उनले नेपाल भारत सीमानामा काँडेतार लगाउनुपर्ने र मान्छे वारपार गर्नका लागि निश्चित नाका बनाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ुयससँगै खुला सीमानालाई अपराधीहरूले हदैसम्म दुरुपयोग गरेका छन् । क्रस बोर्डर आतंक बढेको छ। एक देशमा अपराध गर्ने र अर्को देशमा लुक्ने प्रवृति मौलाएको छ ।ु

उनले यस्तो समस्या समाधानका लागि १० देखि १५ वर्षभित्र सीमानामा आवागमन नाका बनाएर बलियो काँडेतार लगाउनेु उपाय अपनाउनुपर्ने बताए।

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले सीमा व्यवस्थापनमा समय सापेक्ष नीति लिनुपर्ने बताए । उनले भने, ुहाम्रा गतिविधि र नीतिहरूमा पुनरावलोकन गर्नुपर्दछ। अध्ययन र अनुसन्धानबाट अब क्रमशः नियमनको काम गर्नुपर्छ ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका सहप्राध्यापक डा। उद्दव प्याकुरेलले नेपाल खुला सीमानाको पक्षमा उभिनुपर्ने धारणा राखेका थिए । उनले खुला सीमानाका अवसरलाई सदुपयोग गर्दै चुनौती कम गर्न राज्य संयन्त्र बलियो बनाउनुपर्ने बताए । उनले नेपालका अन्तर्राष्ट्रिय सीमाना भारतसँग खुला र अर्ध खुला तथा चीनसँग बन्द र अर्ध खुलाको अवस्थामा रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय परराष्ट्रमामिला अध्ययन केन्द्रकी उपनिर्देशक डा। इन्द्रकुमारी अधिकारीले खुला सीमानाका कारण नेपाललाई भन्दा भारतलाई फाइदा भइरहेको बताइन्।

उनले सीमानाबारे निर्णय लिँदा त्यहाँ बस्ने दुवैतर्फका जनताको अवस्था बुझेर निर्णय लिनुपर्ने धारणा राखिन्।

कार्यक्रमका अर्का वक्ता पूर्व राजदूत विजयकान्त कर्णले सीमाको समस्याको समाधान सीमा क्षेत्रबाटै खोज्न सुझाए । उनले भने( दिल्ली र काठमाडौंमा बसेर निर्णय लिनेभन्दा पनि सीमानाका समस्या बुझेर काम गर्नुपर्छ । काठमाडौं र दिल्लीमा बसेर सीमानामा काँडेतार लगाइदिउ भन्न सजिलो छ तर सीमानाका जनताहरूको चिन्ता गर्नु पर्दैनरुु

परराष्ट्र मामिलाका जानकार एवं ब्राजिलका लागि पूर्व नेपाली राजदूत डा। प्रद्धुम्नविक्रम शाहले सीमामा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

त्यस्तै, नेपाली सेनाका पूर्व सहायक रथी डा। उमेश भट्टराईले नेपालले आफ्नो अनुकूलता हेरेर नीति लिनुपर्ने बताए। उनले भने( हामी भारत र चीनले गरिदिन्छ भन्नेमा छौं । त्यसैले हामी कमजोर भएका हौं । उनीहरूले आफ्ना लागि गर्ने हो । हामीले हाम्रा लागि गर्नुपर्छ ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष अरविन्द महतोले सीमा समस्या जस्ता प्राथमिक एवं महत्वपूर्ण मुद्दालाई समझदारीका साथ हल गरेर मात्रै मुलुकले दुई ठूला अर्थतन्त्र भएका छिमेकीबाट लाभ लिन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group