ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामधुनीलाई रामायण परिपथमा जोड्न पहल


एबीसी न्यूज
२२ भदौ २०७५, शुक्रबार   ८ : ५४   बजे

धरान, २२ भाद्र ।  भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई रामायण परिपथ मा जोड्ने अवधारणा ल्याएसँगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले उक्त परिपथको अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउनुभएका बखत त्यसमा जनकपुरलाई जोडिने घोषणा गरिए पनि रामधुनीबारे उल्लेख गरिएको थिएन ।

उक्त परिपथमा रामधुनीलाई पनि समावेश पर्नुपर्ने विभिन्न आधारसहित मन्दिर व्यस्थापन समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वको टोली भारतको उत्तर प्रदेशको राजधानी लखनऊ पुगी मुख्यमन्त्री आदित्यनाथलाई ज्ञापनपत्र बुझाउनुका साथै काठमाडाँैस्थित भारतीय दूतावास, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलाई पनि जानकारी गराइसको छ ।

गत भदौको पहिलो साता उत्तर प्रदेश पुगेर रामधुनीको इतिहासका साथै त्रेता युगमा बालिएको धुनी अझै बलिरहेको भन्ने सुनाउँदा मुख्यमन्त्री आश्चर्यमा पर्नुभएको कार्कीले बताउनुभयो । नेपाल सरकारबाट रामधुनीलाई पनि उक्त परिपथमा समावेश गर्नुपर्ने भन्ने पत्र पाए गर्न सकिने मुख्यमन्त्री आदित्यले जवाफ दिनुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।

समितिका तर्फबाट रामधुनी नगरपालिका, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालयमा समेत सिफारिशका लागि आग्रह गरिएकामा पर्यटन विभागका सहसचिव भरत सुवेदीले यस विषयमा विज्ञ टोली गठन गरेर अध्ययन गरिने जवाफ दिनुभएको उहाँले बताउनुभयो ।

त्रेता युगमा रामचन्द्र वनवासका क्रममा एक रात रामधुनी क्षेत्रमा धुनी बालेर बसेको पौराणिक मान्यता रहेको जानकारहरूको भनाइ छ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई जोडेर उक्त परिपथको अवधारणा तयार पारेको र त्यसलाई जनकपुरसम्म ल्याएर नेपाल जोडिने गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको थियो ।

उहाँले सन् २०१४ मा गर्नुभएको नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ गरिएको थियो । जनकपुर–अयोध्या दूरी ६५० किमी पर्दछ । जनकपुरदेखि रामधुनी करीब १५० किमी पर्दछ । भारतले सोही एग्रिमेन्टलाई सो परिपथ अन्तर्गत विस्तार गर्न लागेको र त्यसमा उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बङ्गालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई अयोध्या सर्किटमा जोडने योजना बनाइएको छ । भारतका यी धार्मिक शहरसँग जनकपुर र रामधुनी जोडिए धार्मिक पर्यटनको विकास गर्न सकिने रामधुनी नगरपालिका–५ का वडाध्यक्ष डेटराज फुँयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu