ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर काण्ड : मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ ? म पैसामा बिक्ने मान्छे होइन’–विष्ट


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   १० : ०२   बजे

काठमाडौ, २५ भाद्र । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरेको आरोपीलाई अनुसन्धान गर्ने म्याद थपिएको छ ।
आरोपीत दिलीप विष्टलाई कञ्चनपुर जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

काठमाडौंको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि १० दिन राखेर शुक्रबार साँझ महेन्द्रनगर लगिएका विष्टलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।
विष्टको स्वास्थ्य परीक्षण प्रतिवेदन पनि अदालतसामु पेश गरिएको छ। उक्त प्रतिवेदनबारे अदालत वा प्रहरीले केही बताएको छैन ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरीकृष्ण अवस्थिले उनको स्वास्थ्य रिपोर्ट अदालतले अनुसन्धान अधिकृतलाई दिएको र त्यसबारे अदालतले केही भन्न नमिल्ने बताए।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णराज ओझाले विष्टको अवस्थाबारे अहिले नै केही भन्न नमिल्ने बताए। उनले प्रहरीले संकलन गरेका प्रमाणका आधारमा अदालतबाट आदेश हुने भएकाले प्रमाण पहिल्यै सार्वजनिक गर्न नसकिने जानकारी दिए।

दिलीपसँगै बम दिदीबहिनीलाई पनि थप चार दिनको म्याद दिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

मानसिक सन्तुलन गुमाएका विष्टको मानसिक अवस्था एवं यौन उत्तेजनाबारे परीक्षण गर्न काठमाडौं ल्याइएको थियो।
तर, पारिवारीक स्रोतका अनुसार उनलाई शिक्षण अस्पतालको तेस्रो तल्लाको सुनसान एक कोठामा हत्कडी र नेलमा बेह्रेर राखिएको थियो। अँध्यारो कोठामा प्रहरीले उनलाई आफ्नो घेरामा राखेर यातना दिएको उनको परिवारले दाबी गरेको छ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई प्रहरीले दिएको यातनाका कारण दिलिपले आफ्नो परिवारका सदस्यलाई समेत चिन्न नसकेको उनका परिवारजनले बताएका छन्। केही दिन अगाडि उनलाई भेट्न गएकी भाउजु र भतिजीलाई समेत उनले चिनेनन्। दिलीपकी भतिजी दिपाले पाँच सय रुपैयाँ दिन खोज्दा ‘म पैसामा बिक्ने मान्छे होइन’ भन्दै पैसा नलिएको दिपाका बुवा तथा दिलिपका दाजु खडकसिंह विष्टले बताए। त्यो पैसा प्रहरीले राखेको खडकको भनाइ छ। दाजु खडकका अनुसार दिलीपले भतिजी दिपालाई एउटा कागज दिन खोजेका थिए, जसमा ‘म निर्दोष छु’ भनेर लेखिएको थियो तर त्यो कागज प्रहरीले नै खोसेको थियो।

दिलिपका दाजु खडक विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा चरम यातना दिइएको दाबी गरेका छन्। उनले काठमाडौं पठाउनुअघि नै दिलीपलाई कुटपिट गरिएको भन्दै अहिले मानसिक अवस्था झन् विग्रिएको बताए। खडक विष्टका अनुसार हिरासतमा प्रहरीको कुटाईबाट दिलिपको छाती र हातमा चोट लागेको छ। यसबारे छानविन गरिदिन उनले मानवअधिकारकर्मीहरुलाई अनुरोध समेत गरेका छन्। निर्मलाको हत्या भएको २६ औं दिनमा प्रहरीले विष्टलाई मुख्य आरोपी भएको दाबीसहित सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu