ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल – चीनबीच ऊर्जा संयन्त्र बैठक आगामी असोजमा


bhawani desk
२५ भदौ २०७५, सोमबार   ३ : २०   बजे

काठमाडौं,२५ भाद्र । नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त समझदारीअनुसार दुवै देशले ऊर्जा क्षेत्रलाई मध्यनजर गरेर संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालले उक्त सम्झौताअनुसार नै सात सदस्यीय संयन्त्र निर्माण गरेको छ । त्यसको सहअध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय रहनुभएको छ ।

समितिमा ऊर्जा महाशाखा हेर्ने सहसचिव, ऊर्जाकै कानून हेर्ने सहसचिव, परराष्ट्र मन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सदस्य रहने र मन्त्रालयकै सिनियर डिभिजनल इञ्जिनीयर सदस्य सचिव रहनुभएको छ ।

ऊर्जामन्त्री पुनले चीनसँग भएका सहमतिलाई अघि बढाउन संयन्त्रको बैठक बोलाउने निर्णय भएको जानकारी दिनुभयो । चिनियाँ पक्षले बैठकमा सहभागिता जनाउनुअघि एजेण्डा पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ ।

ऊर्जामन्त्री पुनसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले चीनलाई पठाउने कार्यसूचीसमेत तय गरिसकेको छ । बैठकमा नेपाल–चीनबीचको अन्तरदेशीय प्रसारण लाइन र ग्रिड कनेक्सन, दुई देशबीचमा संयुक्तरुपमा निर्माण गर्न सकिने सम्भावित जलविद्युत् परियोजना र ऊर्जा क्षेत्रमा गर्न सकिने अन्य सम्भावनाबारे छलफल गर्ने कार्यसूची छ । यस्तै केही महत्वपूर्ण प्रसारण लाइन तथा जलविद्युत् आयोजनाका बारेमा समेत संयन्त्रमा छलफल हुने कार्यसूची छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group