ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीका दुई अभियुक्त सार्वजनिक


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   ४ : ४९   बजे

गोरखा, २५ भाद्र । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् ।

गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।

ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ कम्मरमा पेटी जस्तो बनाई ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो । लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुई थान, टप एक तोला बराबरको दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो । तिब्बतको जोङ्ग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडाँै पु¥याइदिनु भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।

“अभियुक्त दुई जनाको फोन नम्बर राखी काठमाडौँ जानु त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनु भनेर सुन बोकाएर पठाएको पाइयो”, प्रहरी प्रमुख बस्नेतले भन्नुभयो, “निजहरुलाई सुन पु¥याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।” उनीहरुले चुमनुव्री गाउँपालिका वडा नं ७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल नजोडिएकाले हवाइमार्ग हँुदै आवातजावत गर्नुपर्ने भएपछि सो क्षेत्र हँुदै तस्करी बढेको आशङ्कामा जिल्ला प्रशासन कार्यालयले केही दिनअघिदेखि कडाइ गरेको थियो ।

प्रशासनको निर्णयअनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सबै हेलिकप्टरमा अनिवार्य जाँच गर्न थालिएपछि सडकमार्ग हुँदै तस्करी शुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu