ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीकै मिलेमतोमा पूर्व प्रेमिकाले बन्धक बनाएर पाँच लाख फिरौती (यस्तो घटना)


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   ८ : १०   बजे


बाँके, २५ भाद्र । नेपालगञ्ज एकलैनीका अन्सारी थरका एक युवालाई पूर्व प्रेमिकाले प्रहरीको मिलेमतोमा होटलमा बन्धक बनाएर फिरौती रकम लिएकी छन् ।

घटनापछि दुईजना प्रहरी र युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवक भने घटनाका समयदेखि नै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

गएको भदौ ५ गते बिहान अन्सारीलाई पूर्व प्रेमिकाले भेट्न बोलाइन् पछि विवाहित युवतीलाई भेट्न सुरुमा आनाकानी गरेका अन्सारी पछि नेपालगञ्ज राँझामा रहेको निशा होटलमा पुगे ।

होटलभित्र पुगेको केही समयमै दुईजना प्रहरी होटलभित्र प्रवेश गरे । त्यतिञ्जेलसम्म अन्सारी आफूलाई फसाएकोमा अनविज्ञ नै थिए । तीनजनाको पूर्व योजना अनुसार अन्सारीलाई युवतीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा फसाउने भन्दै १० लाख माग गर्छन् । तर अन्सारीले आफूसँग त्यति धेरै रकम नभएको भन्दा युवतीले नै सामाजिक बदनाम हुने भन्दै ५ लाखमा कुरा मिलाउन सकिन्छ भनिन् । अन्सारीले साथीभाइसँग मगाएर करिब चार लाख ५० हजार रुपैयाँ पुर्याए ।

त्यसपछि नपुग पचास हजार रुपैयाँ होटल सञ्चालक कृष्णकुमारी घर्तीसँग सापटी मागेर त्यहाँबाट उम्किए अन्सारी । तर होटल सञ्चालकले लामो समयसँग रकम नपाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिन्छिन् । अनुसन्धान अघि बढाउँदा प्रहरीले घटनामा प्रहरीकै मिलोमतो देखिएपछि संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दङ्गा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की श्रोती हमाललाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रमेश सिंहले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिनुभयो । पीडित भनिएका व्यक्ति आफुहरुको सम्पर्कमा नआएका कारण अनुसन्धान पूरा नभएको उनको भनाई छ । प्रहरीले पक्राउ परेकालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थपेको जनाएको
छ ।

अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu