ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोएन चाडपर्वले मालढुङ्गाका माझीलाई


bhawani desk
२६ भदौ २०७५, मंगलबार   १० : २५   बजे

 

पर्वत,२६ भाद्र । शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ ।

कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उहाँ लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् ।

“दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाडपर्व ।” पोखरा–बागलुङ राजमार्गअन्तर्गतको कालीगण्डकी किनारमा करीब १५० माझी परिवारको बसोबास छ ।

पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर बसेका हुन् । उनीहरूसँग न त लालपूर्जा छ न गाँसको नै ठेगान । राजमार्गको काम सकिएपछि माझी बेरोजगार बनेका हुन् ।

“उर्लेको कालीगण्डकीमा जोखिम मोलेरै बालुवा निकाल्नु पर्ने बाध्यता छ,” स्थानीयवासी कला माझीले भन्नुभयो । नियमित आम्दानीको स्रोत नभएपछि बालुवा निकाल्ने र गिट्टी कुट्नु बाहेक अन्य विकल्प नभएको उहाँको भनाइ छ । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने उनहरुको मुख्य पेशा हो ।

“बर्खामा बाढी आउँदा बालुवा निकाल्नै सकिन्न,” कलाले भन्नुभयो, “बालुवा नछाने भोकभोकै बस्नु पर्छ ।” महिला बिहानैदेखि बालुवा निकालेर नदी किनारमा थुपार्छन् । केहीले बङ्गुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले माझीबाट प्रतिट्याक्टर रु तीन हजारदेखि रु पाँच हजारमा बालुवा खरदि गर्छन् । व्यवसायीले सो बालुवा बजारमा रु १० हजारसम्ममा बिक्री गर्छन् । बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकारकै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् ।

यहाँका बालबालिकाले पढ्न पाएका छ्रैनन् । विसं २०६३ मा स्थापना गरिएको विद्यालयमा ३ कक्षासम्म मात्र पठनपाठन हुन्छ । उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नु पर्छ । त्यहाँसम्म दैनिक आउजाउ गर्दा रु २० बस भाडा तिनुपर्छ । भाडा तिर्न नसक्दा कतिपयले छोराछोरीलाई विद्यालय पठाउने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group