ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनको हत्यारा तत्काल पक्राउ गरी कार्वाही गर्न काँग्रेसको माग


bhawani desk
२६ भदौ २०७५, मंगलबार   ४ : ५७   बजे

काठमाडौं,२६ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले रुकुमका आफ्ना कार्यकर्ता रोहित पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंले रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्न मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाइएको ज्ञापन पत्रमा हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्र बुझाउनु अघि घटनाको निन्दा गर्दै तरण दलका नेता, कार्यकर्ताले बबरमहलस्थित काठमाडौ जिल्ला प्रशासन कार्यालय अघि केहीबेर विरोध प्रर्दशन गरेका थिए ।

प्रदेशनपछि आयोजित कोणसभामा बोल्दै समितिका अध्यक्ष कृष्णजी खड्काले न्यायिक छानवीन आयोग गठन गरी अनुसन्धान गरेर पुनको हत्यारालाई कडा कार्वाही गर्न सरकारसँग माग गर्नु भयो । उहाँले पुनलाई सहिद घोषणा गर्न पनि सरकारसँग माग गर्नु भयो ।

रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष पुनलाई गत आईतबार गोली हानि हत्या गरिएको थियो । सो हत्याको विरोधमा नेपाल तरण दल, काठमाडौं जिल्ला कार्य समितिले पनि प्रर्दशन गरेको हो । प्रर्दशनमा हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group