ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिक्टोरियामा फेरी घोप्टिँदा ४० जनाको मृत्यु


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   १० : ४२   बजे

काठमाडौँ, ५ असोज । तान्जिनियामा सयौँ मानिस चढेको फेरी भिक्टोरिया तालमा पल्टिँदा ४० जनाको ज्यान गएको छ ।

भिक्टोरिया ताल मा डुंगा पल्टिँदा डुब्नेको संख्या २०० भन्दा बढी रहेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहानसम्मका लागि उद्धारको काम रोकिएको छ । रातको समयमा उद्धारकार्यमा कठिनाई भएकाले रोकिएको हो । उकोरा आइल्याण्ड र बुगोलोरा आइल्याण्ड बिचको समुद्री किनार पुग्न लागेका बेला फेरी घोप्टिएको हो ।

फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको र फेरीको एक क्षेत्रमा चाप बढी भएका कारण घोप्टिएको बताइएको छ । फेरीमा ४०० भन्दा धेरै यात्रु रहेको सरकारी अधिकारीले बताएका छन् । १०० जनाको उद्धार गरिएकोमा ३२ जनाको अवस्था गम्भीर रहेको छ ।

तान्जिनियामा यस्तो दुर्घटना धेरै हुने गरेको छ र कारण क्षमता भन्दा बढी यात्रु नै हुने गरेको छ । सन् २०१२ मा इन्डियन ओसनमा फेरी डुब्दा कम्तिमा १४५ जनाको ज्यान गएको थियो । त्यसको एक वर्षअघि यस्तै घटनामा झण्डै २०० जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा लेक भिक्टोरियामा यस्तै घटनामा ८०० जना भन्दा धेरैको ज्यान गएको थियो । लेक भिक्टोरिया अफ्रिकाका विशाल तालहरु मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group