ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल- भारतको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली राख्न स्वीकृति


bhawani desk
८ आश्विन २०७५, सोमबार   ३ : ०१   बजे

पशुपतिनगर, ८ असोज । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए ।

सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत दिएको हो ।

जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बीसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो ।

सुरक्षा समितिको सिफारिशका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट राख्न स्वीकृति दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो ।

तीन हप्ताअघि नै सुरक्षा पोष्ट राख्ने स्वीकृति दिएकाले सुरक्षा फौज बस्ने स्थानको खोजी भइरहेको तिमिल्सिनाले बताउनुभयो । सीमा सुरक्षा पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा ३७ जनाको टोली रहने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलामका प्रमुख विदुर खड्काले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिले सुरक्षा पोष्ट राख्नका लागि पशुपतिनगर भन्सार कार्यालयको पुरानो भवनको माग गरी स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ तिमिल्सिनाले सरकारबाट स्वीृकति आउनेबित्तिकै बाँकी तीन स्थानमा पनि सीमा सुरक्षा पोष्ट राखिने बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ को स्थापना इलाममा भएपछि पर्याप्त मात्रामा सुरक्षा फौजको जनशक्ति रहेकाले स्वीकृति पाउनबित्तिकै सीमा सुरक्षा पोष्ट स्थापना गरिने जिल्ला सुरक्षा समितिको योजना छ । एक महिनाअघि ६२१ दरबन्दी रहेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर १ इलाममा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group