ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानून र नियम नै परिर्वतन गर्न भए पनि सरकार तयार छ : मन्त्री पोखरेल


admin
१४ आश्विन २०७५, आइतबार   ३ : ०५   बजे

काठमाडौं,,१४ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागरण अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “देशमा संविधान कानून बनेका छन्, राजनीतिक प्रतिबद्धता छ, तर अहिले पनि गर्भमै छोरा वा छोरी छुट्याएर, छोरीलाई भए गर्भमै नष्ट गर्ने गरेको देखिन्छ, त्यसलाई रोक्न सामाजिक जागरण चाहिन्छ ।”

उहाँले कानूनमा बालिकाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरिने भए पनि औसत १७ वर्षमा विवाह हुने देखिएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने आँंैल्याउनुभयो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकभित्र राखेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भन्नुभयो,“बालिकाको संरक्षणका लागि कानूनी जटिलता भए संविधान, कानून र नियम नै परिर्वतन गर्न भए पनि सरकार तयार छ ।”

कार्यवाहक प्रधानमन्त्री पोखरेलले स्थानीय, प्रदेश र केन्द्र सरकार सबैले बालिका हत्या, हिंसा र बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण गरी तिनको संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बालविवाह, जबरर्जस्ती विवाह, बेचबिखनजस्ता कार्य रोकी बालिकाको संरक्षण गरेर सक्षम र क्षमतावान् नागरिक निर्माणका लागि सबैलाई आआफ्ना ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा महिलामन्त्री थममाया थापाले बालिकामाथि हिंसा, हत्या, बलात्कारका घटना रोक्नका लागि सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । बेलायती राजकुमार ह्यारीले भिडियो कन्फरेन्समार्फत बालिका सम्मेलनको शुभकामना दिँदै नेपालका बालिकाको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ ।

नेपालको संविधानले बालबालिकालाई मौलिक हक प्रदान गरेको छ । बाल संरक्षण नीतिमा बालबालिकालाई पिट्ने वा शारीरिक रुपमा आक्रमण वा शारीरिक दुव्र्यवहार गर्न नहुने, बालबालिकालाई अश्लील चित्र, शब्द वा हाउभाउ प्रस्तुत गर्न नहुने, कुनै पनि बालबालिकालाई कानून विपरीत श्रम वा काममा लगाउन नपाइने लगायत व्यवस्था गरेको छ ।

‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ भएको सम्मेलनमा बालिका संरक्षणमा ठोस पहल गर्ने विश्वास लिइएको छ । यसअघि पहिलो सम्मेलन २०७३ मा भएको थियो । पहिलो सम्मेलनको बाल विवाहलाई रोक्ने मूल उद्देश्य थियो ।

यो सम्मेलनमा जबरर्जस्ती विवाह, हिंसा र बलात्कारजस्ता घटना रोक्नका लागि ठोस छलफल हुनेछ । नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो बालिका सम्मेलनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालिकाको सुस्वास्थ्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बालिका सम्मेलनका अवसरमा पठाउनुभएको सन्देशमा भनिएको छ, “आजका बालिकालाई उचित शिक्षादीक्षा, स्वास्थ्य चेतना प्रदान गर्दै जीवनोपयोगी ज्ञान र सीपबाट निपुण बनाउनुपर्छ, भोलिका कुशल र सक्षम अभिभावक, देशभक्त, स्वाभिलम्बी र कर्तव्यपरायण बनाउन अहिलेदेखि नै ठोस पहल गर्नु जरुरी छ ।”

समाजमा बालिकाप्रति भएका जघन्य अपराधको समाचारले आफूलाई मर्माहत बनाउने गरेको उल्लेख गर्दै उहाँको सन्देशमा भनिएको छ, “विभिन्न खालका अपराधबाट छोरीहरुलाई संरक्षण गर्नु र जोगाउनु हामी सबैको दायित्व हो, कानूनको शासनको प्रभावकारी कार्यान्वयन गरी अपराधीलाई दण्डित गरी पीडितलाई संरक्षण गर्नुपर्छ ।”

बालिकालाई विद्ययमान सामाजिक विकृति र कुसंस्कारबाट जोगाएर आत्मविश्वासी र चेतनशील नागरिकका रुपमा विकसित गर्नु समाज र राज्यको दायित्व भएको उल्लेख गर्दै सन्देसमा बालिकामैत्री कानून कार्यान्वयन गर्नका लागि प्रभावकारी पहल गर्न सबैको ध्यानाकृष्ट गराउनुभएको छ ।

पहिलो बालिका सम्मेलन बालविवाह न्यूनीकरण गर्न भएको सफलताको समीक्षा गर्दै आजका बालिका भोलिका जिम्मेवार नागरिक भएको हुँदा घरपरिवारदेखि राष्ट्रको वहन गर्न सक्ने बनाउनुपर्ने सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group