ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भद्रपुरमा लेखापढी व्यवसायी आन्दोलित बनेपछि..


admin
२९ आश्विन २०७५, सोमबार   २ : २१   बजे

झापा,२९असोज । लेखापढी व्यवसायी आन्दोलित बनेपछि जिल्ला मालपोत कार्यालय झापाको दैनिकी कामकाजमा प्रभावित बनेको छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरमा आवद्ध २६५ व्यवसायीले आइतबारदेखि अनिश्चितकाली कलम बन्द गरेपछि सेवाग्राही समस्या पर्नुका साथै भूमिसुधार तथा मालपोत कार्यालय झापाको राजश्व संकलनमा समेत प्रभाव परेको छ ।

झापाका लेखापढी व्यवसायी आन्दोलनमा उत्रिएपछि भूमि सुधार तथा मालपोत कार्यालयको कामकाज प्रभावित बनेको छ । लेखापढीले अनिश्चितकालीन कलम बन्द गरेपछि कार्यालयमा आउने सेवाग्राहीको जग्गासम्बन्धी काम हुन सकेन । जसले गर्दा अन्य दिनको तुलनामा मालपोत कार्यालय सुनसान देखिएको थियो ।

भूमि व्यवस्था तथा गरिबी मन्त्रालयले असोज २३ गतेदेखि लेखापढी व्यवसायीहरुको सबै हकअधिकारहरुलाई कटौती गर्दै व्यवसायीलाई विस्थापित गर्ने कानुन ल्याएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

२३ प्रकारका विभिन्न खाले अर्धन्यायिक निकायमा पेस हुने लिखतका ढाँचाहरु विद्यमान मुलुकी संहिता ऐन २०७४ को दफा ४१, ४२ र ४३ को व्यवस्था भूमि मन्त्रालयले लागु गरेको ऐनसंग बाझिएको हुदाँ उक्त ऐन तत्काल सुधारको माग राख्दै लेखापढी व्यवसायी आन्दोलित बनेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरका सचिव महेन्द्र खतिवडाले बताउनु भयो ।

मन्त्रालयले ऐन जारी गरेपछि लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समितिले असोज २६ गते विभिन्न सात बुँदे माग राख्दै भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरमा ज्ञापनपत्र बुझाउँदै हातमा कालो पट्टी बाधेर काम गर्दै आइरहेका थिए । ज्ञापनपत्र बुझाएपनि माग सम्बोधन नहुने भएपछि दवाव स्वरुप लेखापढीको हकअधिकारलाई सुरक्षित गर्न दोस्रो चरणको आन्दोलनको कार्यक्रममा उत्रिएको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य रमेश पोखरेलले बताउनुभयो ।

यता लेखापढी व्यवयासी आन्दोलनमा उत्रिएपछि सेवाग्राहीले आफैले लिखत भर्दा समस्या हुने गरेको छ । टाढा टाढाबाट आएका सेवाग्राहीको जग्गा सम्बन्धी काम लेखापढी व्यवयासीले गर्न नमानेपछि उनीहरु आफै लिखत भर्दा गल्ती हुने गरेको बताउँछन ।

भूमि सुधार तथा मालपोत कार्यालय झापाका प्रमुख रोशनशंकर घिमिरेले लेखापढी व्यवयासी आन्दोलित बनेपनि कार्यालयमा आउने सेवाग्राहीलाई कर्मचारीले नै सहयोग गरी फराम लगायतका कागजात भर्ने लगाएर सेवा दिर्दै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group