ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल.


admin
२९ आश्विन २०७५, सोमबार   ३ : ३५   बजे

काठमाडौं, २९ असोज । चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल हुनुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएका परियारको अहिले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उहाँको दशकौंदेखिको दैनिकी थियो । सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुनुहुन्छ ।

गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुप¥यो । एक्कासि भेटिएको बच्चासहितको गैँंडाले पर्यटकलाई आक्रमण गर्न आयो । परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गर्नुभयो । तर पर्यटकलाई जोगाउँदा आफू भने घाइते हुनुभएको छ ।

गैंडासँग कसरी बच्ने भन्ने कला उहाँसँग थियो । यसपटक धेरै पर्यटक भएकाले उनीहरुलाई बचाउनकै लागि गैंँडासँग सङ्घर्ष गर्नुप¥यो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भन्नुभयो, “बच्चा सहितको गैंँडाबाट बच्न मुस्किल पर्छ, तर यसपाली पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो ।”

बच्चा देखेपछि आक्रामक हुँदै गैँडा आयो । अब पर्यटकलाई मार्ने भयो भनेर उहाँले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजार्नुभयो । तर गैँंडा रोकिएन । रुखमा छेलिएर गैंँडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंँडाले आक्रमण गरेको परियार सम्झनुहुन्छ । गैँंडाले उहाँको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ ।

छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंँडाबाट बच्न सफल भएको उहाँको भनाइ छ । बच्चा सहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उहाँको छ ।

तिघ्रा पछाडि सिङ्ले हानेको छ । चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउँमा सङ्क्रमण भएपछि उहाँलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ । गैँंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group