ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनको जोखिममा हिमशृंखला


admin
२७ भदौ २०७४, मंगलबार   ४ : ४२   बजे

काठमाडौँ, २७ भदौ । विश्व तापमान र जलवायु परिवर्तनको जोखिमका कारण मुलुकका हिमशृंखला सबैभन्दा बढी जोखिममा परेको विज्ञले औंल्याएका छन् ।

नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताले जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा परेको असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताए ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहणमा निकै असर पुग्ने बताउनुभयो । “बढ्दो तापक्रमले चट्टान देखिन थालेपछि आरोहणमा असहजता हुन्छ, यसबाट आरोहण र पदयात्रा रुट पनि परिवर्तन गर्नुपर्ने हुन्छ, पानीका मुहान सुक्ने भएकाले कतिपय हिमाली क्षेत्रका बस्ती नै सार्नुपर्ने समस्या आइरहेको छ,”, उहाँले भन्नुभयो ।

भूकम्पपछि विशेषतः उच्च हिमाली क्षेत्रका कतिपय स्थानमा एक ठाउँको पानीको मुहान सुकेर अर्को ठाउँबाट निस्कने क्रम देखिएको शेर्पाको भनाइ छ । जलवायु परिवर्तनले निम्त्याएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्याको समाधानतर्फ पहलकदमी गर्नु नितान्त आवश्यक भएको औंँल्याइएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड) को पछिल्लो तथ्यांकानुसार अहिले हिमालमा वार्षिक ०.०५ डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको छ । हिमाली क्षेत्रको तापक्रम सन् २०३०(विसं २०८७तिर) सम्म १ देखि २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । हिमालको जति उचाइमा गयो त्यति तापक्रम बढिरहेको छ । बिहान उज्यालो हुँदा घाम हिमालमै लागेको र रातमा पनि घामको राप हिमालमै पर्ने हुँदा हिमालको तापक्रम बढेको विज्ञ बताउँछन् । जलवायु परिवर्तनले पर्वतीय र पदयात्रा पर्यटनमा कति असर पुगेको छ भनेर अहिलेसम्म यकिन अध्ययन भएको छैन ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा यसले पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन चुनौती थपिएको उल्लेख गर्नुभयो । नेपाल व्यवस्थापन संघका पूर्वउपाध्यक्ष शम्भु रानाले जलवायु परिवर्तनको जोखिमले पर्वतीय पर्यटनमा देखापरेको समस्या र निराकरणका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Buc-ee’s Trademark Battle with Ohio Mini Mart Sparks Public Outcry

Judge Denies Karmelo Anthony’s Request for New Trial in Texas Stabbing

US Envoy Tom Barrack Walks Back Comments on Golan Heights

Barcelona Dominate Elche in La Liga Opener with 5-0 Victory

US Imposes New Sanctions on Iran Amid Stalled Conflict Resolution

Wildfire Forces Mass Evacuations Near Reno, Nevada

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu