ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यचौकी भवन नबन्दा टहराबाटै स्वास्थ्य सेवा


admin
१५ कार्तिक २०७५, बिहिबार   १० : २१   बजे

बनेपा,१५ कात्तिक  । काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका–६ बनखुचौरको स्वास्थ्यचौकी भवन अहिलेसम्म नबन्दा स्वास्थ्यकर्मीले टहरामा नै बसेर सेवा प्रवाह गरिरहेका छन् ।

गत २०७२ सालको भूकम्पबाट क्षति भएको भवन पुनःनिर्माणका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रसूति गृहसहितको भवन निर्माणका लागि काम गरेको दुई वर्ष बितिसक्दा समेत भवनको डिपिसी मात्रै गरेर छोडिएकोे छ ।

दुई वर्षसम्म पनि काम व्यवस्थित ढङ्गले नगरेपछि आफूले पटक÷पटक रेडक्रससँग कुरा गर्दा पनि वास्ता नगरेको उक्त गाउँपालिका–६ का वडाध्यक्ष रमेश लुङ्गेलीले बताउनुभयो ।

“ डिपिसी गर्दा पनि इञ्जिनीयरको उपस्थिति थिएन, सिमेन्ट, गिट्टी र बालुवाको मात्रा पनि पूरा हालिएको छैन, ” लुङ्गेलीले भन्नुभयो, “यसबारे आफूले सम्बन्धित निकायमा कुरा गरिसकेको छु,।” नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौप्रधानले काम ढिला भएकामा सोधखोज गर्ने बताउनुभयो ।

सो भवन आगामी पुस १५ भित्र बनाइसक्नु पर्नेछ । भवन अभावका कारण सेवाग्राहीलाई उचित सेवा दिन नपाएको र भएको औषधिलगायतका सामग्री राख्ने ठाउँ नै नभएका कारण समस्या व्यहोर्नु परिरहेको अहेब मुन्नाप्रसाद साहले बताउनुभयो ।

“कार्यालयमा ओपिडी, प्रसूति र स्टार रुमको छुट्टाछुट्टै व्यवस्था हुनुपर्ने हो तर कार्यालय नै टहरामा सञ्चालन गरिरहनु परेकाले निकै समस्या छ”, उहाँले भन्नुभयो ।कोरियन रेडक्रसको रु ६५ लाखको सहयोगमा एउटा प्रसूति गृहसहितको र अर्को आवाससहितको भवन निर्माण गर्नुपर्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group