ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा दुई पुरुषको शव भेटियो,मृतकको पहिचान हुन सकेन


admin
१५ कार्तिक २०७५, बिहिबार   १२ : २३   बजे

रौतहट, १५ कात्तिक ।  जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ । गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव आज फेला परेको हो ।

माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिनुभयो ।

मृतकको पहिचान खुल्न नसकेको तथा शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ ।

प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शवपरीक्षणको रिपोर्ट आएपद्धि मृत्युको कारण खुल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu