ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेसको रचनात्मक सहयोग आवश्यक : सभामुख श्रेष्ठ


admin
१६ कार्तिक २०७५, शुक्रबार   १ : ४९   बजे

हेटौँडा, १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाली काङ्ग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभाको सक्रियतामा प्रदेश सरकारको आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक ऐन, कानून तर्जुमा गर्ने क्रममा प्रतिपक्ष नेपाली काङ्ग्रेसको रचनात्मक सहयोग र सुझाव आवश्यक छ भन्नुभयो । उहाँले बहुदलीय प्रजातन्त्रलाई सुढृढीकरण गर्न सबैको प्रयास हुनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले जनताप्रति उत्तरदायित्व बोध गर्दै राष्ट्रिय गौरवका आयोजनाको छनोट, बजेटको बाँडफाँट गर्दा दलगत स्वार्थभन्दा माथि उठेर कार्यान्वयन पक्षलाई सुढृढ बनाउन आग्रह गर्नुभयो ।

उहाँले वर्तमान संविधानको मर्मलाई तराईका दलले पनि आत्मसात् गरी अघि बढनुपर्ने अवस्था आएको र राष्ट्रलाई विखण्डन पार्ने क्रियाकलापप्रति सबै दल सजग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, मकवानपुरका प्रजिअ आश्मान तामाङ र प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङ र समाजसेवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group