ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा मिस नेपाल हङकङ आउने


admin
१६ कार्तिक २०७५, शुक्रबार   १० : ०८   बजे

सिन्धुली, १६ कात्तिक। सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता फाइनल खेलमा मिस नेपाल हङकङ सुस्मा लिम्बू आउने भएकी छन् ।

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा हुने फुटबल प्रतियोगिताको फाइनल खेलको विशेष अतिथिका रुपमा मिस नेपाल हङकङ लिम्बू आउने भएको हो । सो प्रतियोगिताको फाइनलमा १० हजार जनाभन्दा बढी दर्शकको भीड लाग्ने अनुमान आयोजकको छ ।

आयोजक भिमान युवा क्लबका अनुसार, शनिवार विहान ११ बजेबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

फाइनल चरणमा बर्दिबास स्पोर्टस क्लब महोत्तरी र चन्द्रमा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ । भिमान युवा क्लबको आयोजना तथा सिन्धुली ट्रष्टको साझेदारीमा सञ्चालन भएको प्रतियोगितामा उत्साहजनक ढंगबाट कात्तिक ८ गतेबाट सुरुवात भएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, दोस्रो पुरस्कार राशी ५० हजार रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । सो प्रतियोगिताको फाइनल खेलमा दर्शकको रुपमा सहभागी हुन काठमाडौं, जनकपुर र सिन्धुलीका विभिन्न स्थानबाट व्यापक सहभागिता रहने स्थिति छ । कार्यक्रमको प्रमुख अतिथिमा सिन्धुली टष्टका अध्यक्ष बरिष्ठ समाजसेवी उज्वल विक्रम थापा रहने छ ।

कार्यक्रममा सिन्धुलीका ख्याती प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा विशेष व्यक्तित्वहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu