ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक संचालका कारण बालबालिका यौनजन्य घटनाको सिकार


admin
२८ भदौ २०७४, बुधबार   ८ : २२   बजे

काठमाडौँ, २८ भदौ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ ।

भ्वाइस अफ चिल्डे«नले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले बालयौनजन्य घटना बढ्दै गएको बताइएयो ।

भ्वाइस अफ चिल्डे«नका कार्यक्रम संयोजक कृति भट्टराईका अनुसार इन्टरनेटका माध्यमबाट कुनै पनि व्यक्तिले बालबालिकामाथि यौन आशय झल्किने गरी गर्ने गतिविधि सूचना÷सञ्चारको माध्यमबाट हुने बाल यौन दुव्र्यवहार हुन् ।

उहाँले भन्नुभयो, “प्रविधिको गलत प्रयोग, सामाजिक सञ्चालमा नचिनेको व्यक्तिलाई साथी बनाउँदा, अनावश्यक फोटो तथा सूचना सन्देश पोस्ट गर्दा, पार्सवर्ड साथीलाई दिँदा, गोप्य तस्वीर, सूचना समाजिक सञ्जालमा राख्दा र अनावश्यक साइटहरु हेर्दा पछिल्लो समय धेरै बालबालिका बालयौन दुव्र्यहारमा पर्न थालेका छन् ।”

भ्वाइस अफ चिल्डे«नले केही महिनाअघि काठमाडौँ उपत्यकाका ४०० बालबालिकामा गरेको सर्वेक्षणमा ७२ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रायेग गर्ने गरेको र त्यसमध्ये दुई तिहाईले तीनदेखि चार घण्टा सामाजिक सञ्जालमा बिताउने गरेको पाइएको थियो । यो सर्भे १० देखि १८ वर्षमुनिका बालबालिकामा गरिएको थियो ।

उक्त सर्वेक्षणमा धेरै बालबालिकाले अन्य वेबसाइट खोजी गर्दै जाँदा अश्लील साइट हेर्ने, साथीसाथीबाट यस्ता साइट हेर्न गरेको पाइएको थियो । कसैको दुव्र्यवहार परेका बालबालिकाले विभिन्न संकेतहरु देखाउने गर्छन् ।

बालबालिका सूचना÷प्रविधिको दुव्र्यवहारमा परिसकेपछि पहिलेको तुलनामा कम इन्टरनेटमा बिताउने, इन्टरनेटको प्रयोग गोप्य तरिकाले गर्ने, नयाँ फोन नम्बर, इमेल ठेगानामा अत्यधिक मात्रामा सम्र्पक बढाउने, रुने, कराउने, बोल्न डराउने, बोल्दै नबोल्ने, धेरै बोल्ने, झगडा गर्ने, आक्रामक व्यवहार देखाउने, विद्यालय छाड्ने र पढ्न मन नगर्ने, खानपानमा अस्वाभाविक व्यवहार देखाउने र आफ्नो शरीरलाई घृणा गर्ने र आत्महत्याको प्रयास गर्ने जस्ता लक्षण देखाउने गर्छन् ।

यदि कसैले इन्टरनेटमा गलत नियतले गालीगलौज, दुव्र्यवहार वा धम्की दिएमा नजिकका विश्वासिला व्यक्तिलाई भन्ने वा पुलिसमा गएर उजुरी गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group