ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणहिटी संग्रहालयमा थप १० कोठा अवलोकन गर्न खुला ( यस्ता थिए १० काेठा)


एबीसी न्यूज
८ मंसिर २०७५, शनिबार   ८ : ४७   बजे

काठमाडौं, ८ मंसिर । सरकारले नारायणहिटी संग्रहालयमा रहेका थप १० कोठा सार्वजनिक अवलोकनका लागि खुला गरेको छ । तत्कालीन राजदरबार नारायणहिटीभित्र रहेका पुस्तकालय र सिनेमा हलबाहेक सबै १० कोठा शुक्रबारबाट खुला गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती कोठा औपचारिक रूपमा खुला गरेका हुन् । मुलुकमा गणतन्त्र स्थापनापछि सरकारले तत्कालीन नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गरी सर्वसाधारणका लागि खुला गरेको थियो ।हाल नारायणहिटी संग्रहालय पर्यटन मन्त्रालयअन्तर्गत पर्छ । शुक्रबारबाट सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकहरूको कार्यकक्ष नाम गरेका कोठा खुला गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका अनुसार सिन्धुली कोठामा रहेको शृंगार कक्ष तत्कालीन रानीले पोसाक पहिरिने, शृंगार गर्ने तथा दिउँसोको खानापछि आराम गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो । झापा कोठमामा रहेको प्रतीक्षालयमा छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउने पाहुनाको प्रतीक्षालयका रूपमा प्रयोग हुन्थ्यो ।

त्यसैगरी इलाम कोठामा रहेको गणेश हिमाल कार्यकक्षमा तत्कालीन राजाले साताको एक दिन बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने कक्षका रूपमा प्रयोग हुने तथा अन्य विशिष्ट व्यक्तिहरूसँग पनि छलफल हुन्थ्यो । सुनसरी कोठामा रहेका रक्षाबन्धन कक्षमा जनै पुर्णिमाका दिन तत्कालीन राजपरिवारका सदस्यले राजपुरोहितबाट रक्षा बन्धन, जनै फेर्नेजस्ता धार्मिक कार्य सम्पन्न हुनुका साथै सप्तरी भोजन कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजका समयमा चोखो (शाकाहारी) खाना राख्ने कक्षका रूपमा पनि प्रयोग हुने गथ्र्यो ।
त्यस्तै सप्तरी कोठामा रहेको भोजन कक्षमा पूर्वमुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्वसवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने पाहुनाको भोजन गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो ।

सिरहा कोठमामा रहेको सिरहा बैठक कक्षमा सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा, खानापछि र खानाअघि बसेर छलफल गर्ने कक्षका रूपमा तथा धनुषा बैठक कक्षमा दसैंमा टिका ग्रहण, विभूषण प्रदान गर्ने कार्यक्रम र विभिन्न कार्यका लागि पनि प्रयोग हुने गथ्र्यो ।

त्यसैगरी पर्सा, चितवन र कपिलवस्तु पाहुना कक्ष थिए भने अंगरक्षक कक्ष पूर्वराजाको सुरक्षामा खटिएका अंगरक्षकहरू बस्ने कक्षका रूपमा प्रयोग हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu