ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमै मञ्च बनाएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको शक्ति प्रदर्शन


एबीसी न्यूज
८ मंसिर २०७५, शनिबार   १ : ४८   बजे

 

 

काठमाडौं, ८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंको प्रदशर्नी मार्गमा जनसभाको आयोजना गरेको छ ।

नेकपाले पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ जाने सडकमै मञ्च खडा गरेर सभा आयोजना गरेको छ । सभाका कारण त्यस क्षेत्रमा आवतजावत ठप्प बनेको छ । सभास्थलमा विभिन्न क्षेत्रबाट नारा जुलुस सहितको र्याली आउने क्रम जारी छ ।

पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेकपाले जनसभा गरेको हो । जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको भए पनि अन्तिम समयमा उहाँ सहभागी नहुने भएको छ । सुरक्षाका कारण सहभागी नहुने बुझिए पनि पार्टीले भने कुनै कारण खुलाएको छैन ।

जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रकाण्डले आमसभामा पार्टीको भावी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्ने बताइएको छ ।

जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका नेतालो सभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu